logo

४९ अंकले बढ्यो नेप्से, झन्डै ७ अर्ब रुपैयाँको कारोबार

    784   पटक पढिएको

२७ पुस/अर्थ र व्यापार– सेयर बजार उकालो लाग्नेक्रमसँगै मंगलबार नेप्से परिसुचक ४९ अंकले बढेको छ । अघिल्लो सातादेखि बढ्न सुरु गरेको नेप्से परिसुचकले निरन्तरता पाएका कारण मंगलबार पौने ७ अर्बको सेयर कारोबार भएको छ । एक सातादेखि लगातार रुपमा उच्च रुपमा बढेको नेप्से परिसुचक बढेर मंगलबार ४९ अंक नागेको हो । 
मंगलबार समग्र नेप्से परिसुचक २ हजार ८३४ अंकमा पुगेर अडिएको छ । पछिल्लो समय कोरोना संक्रमण बढेसँगै लकडाउनको हल्लाले लगानीकर्ताहरु सेयर बजारमा प्रवेश गर्न थालेका कारण अहिले सेयर कारोबार बढेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।
हाल सेयर बजारमा जलविद्युत, फाइनान्स लगायतका समुहका लगानीकर्ताको आकर्षण बढेको छ । मंगलबार बजारमा फाईनान्स, जलविद्युत लगायतका कम्पनीको सेयर मुल्य बढेर सर्किट लागेको छ ।
मंगलबार करिव ५० अंकले बढेको बजारमा झन्डै ७ अर्ब रुपैयाँ को सेयर कारोबार भएको थियो । सो दिन कुल ६ अर्ब ७२ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको थियो । जसमा २३२ कम्पनीको १ करोड १९ लाख कित्ता सेयर खरिद विक्री भएका थिए । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।