logo

सेयर बजारमा उकालो यात्रा जारि , ६३ अंकले बढ्यो नेप्से 

    1172   पटक पढिएको

२० पुस/अर्थ र व्यापार– पछिल्लो समय सेयर बजार निरन्तर रुपमा उकालो लागेको छ । सेयर बजारमा उकालो यात्रा जारि रहेसँगै मंगलबार बजारमा नेप्से परिसूचक ६३.०१ अंकले बढेर २६७९.९५ बिन्दुमा पुगेको छ । 
जुन अघिल्लो दिनको तुलनामा २.४१ प्रतिशतले बढी हो । मंगलबार दिनभरको कारोबारमा ४ अर्ब ३२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा घटी हो । यसअघि सोमबारको बजारमा भने ५ अर्ब ५३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
मंगलबार सबैभन्दा बढी एनबी बैंकको सेयर कारोबार भएको छ । नबिल बैंकसँग मर्जमा जाने हल्लासँगै बैंकको उच्च कारोबार भएको हो । बैंकको एकैदिन १४ करोड ७७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य पनि ७.४० रुपैयाँले बढेर प्रतिकित्ता ४०५.४० रुपैयाँ पुगेको छ ।
त्यस्तै, नबिल बैंकको पनि १३ करोड ९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । दोश्रो उच्च कारोबार भएको बैंकको सेयर मूल्य भने १८ रुपैयाँले घटेर १११९ रुपैयाँमा झरेको छ ।
मंगलबार ५ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । जसमध्ये श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनी र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य भने १०र१० प्रतिशतले बढेको छ । 
मध्यभोटेकोशी जलविद्युत कम्पनीको ९.९९ प्रतिशत, नेपाल एसबिआई बैंकको ९.७२ प्रतिशत र सिन्धु विकास बैंकको सेयर मूल्य ९.४३ प्रतिशतले बढेको छ । बजारमा उत्पादनमूलक र अन्य समूह बाहेक बाँकी समूह हरिया देखिएका छन् । यी दुई समूह क्रमशः ०.५९ र ०.३४ प्रतिशतले घटेको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।