logo

लगानीकर्ताले अर्थमन्त्रीलाई भटेर सेयर बजारमा देखिएका समस्या अवगत गराउँदै

    1318   पटक पढिएको

२१ मंसिर / अर्थ र व्यापार – शेयर बजारमा देखिएका समस्याहरु लिएर लगानीकर्ताहरुले अर्थमन्त्री जनार्दन शर्मालाई भेट्ने तयारी गरेका छन्। उनीहरूले अर्थमन्त्रीलाई मंगलबार दिउँसो भेटेर शेयर बजारमा देखिएका समस्याहरुको समाधान गर्नतर्फ सरकारलाई अवगत गराउने भएका हुन् ।
बजारमा देखिएको गम्भिर समस्याहरु समाधान गर्न पहल गर्ने भन्दै सोमबार  एक कार्यादल गठन भएको छ । सो कार्यदलमा रहेका प्रतिनिधिहरुले अर्थमन्त्रीलाई भेट्ने भएका हुन् ।
सो कार्यदलले बजारमा भएका समस्या तत्काल सम्बोधन गर्नु पर्ने केही बुँदाहरु उल्लेख गरेका छन् । यिनै बुँदामाथि छलफल हुने लगानीकर्ताको भनाई रहेको छ ।
१) शेयर दलालमार्फत मार्जिन ट्र्रेडिड कर्जा व्यवस्था पूर्ण रुपमा कार्यान्वयनमा नआएसम्म शेयर धितो कर्जामा लगाइएको सिमा हटाइनु पर्ने ।
२) लामो समयदेखि रिक्त रहेका नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जका प्रमुखहरुको योग्यता, क्षमता र प्रतिस्पर्धाका आधारमा तत्काल नियुक्ति गर्न सरकारसँग माग गर्ने ।
३) पुँजी बजार विकास र विस्तारका लागि अर्थ मन्त्रालयले ३ वर्ष अघि नै गरिसक्छु भनेका ५८ बुँदेका कार्यतालिका सहितका बाँकी कामहरु तत्काल गराउँन माग गर्ने निर्णय ।
४) माथि उल्लेखित कामहरु सम्पन्न भई पुँजी बजारसम्बन्धी नीति नियम, पूर्वाधार र प्रविधिको सुनिश्चितता नभएसम्म सम्पूर्ण संघसंस्था र लगानीकर्ताहरु एकताबद्ध र सामूहिक ढंगले लागिरहने प्रतिबद्धता गर्ने ।
शेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड र बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज लामो समयसम्म प्रमुख विहिन हुदाँ बजारले थप समस्या झेल्नु परेको लगानीकर्ताहरुको बुझाई छ। दुवै निकायका प्रमुखहरुको योग्यता क्षमता र प्रतिस्पर्धाका आधारमा तत्काल नियुक्त गर्नुपर्ने उनीहरुको भनाई रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।