logo

अमेरिकी संसदद्धारा जो वाइडेन ४६ औं राष्ट्रपतिमा निर्वाचित भएको प्रमाणित

    1990   पटक पढिएको

२३ पुस/अर्थ र व्यापार– अमेरिकी संसदले जो वाइडेन गत नोभेम्बरमा सम्पन्न राष्ट्रपति निर्वाचनबाट ४६ औं राष्ट्रपतिमा निर्वाचित भएको प्रमाणित गरेको छ ।

आज बसेको अमेरिकाको दुवै संसदको संयुक्त बैठकले वाइडेनको जित प्रमाणित गरेको हो । राष्ट्रपतिमा निर्वाचित भएको प्रमाणित गरेसँगै वाइडेनका लागि ह्वाइट हाउसमा प्रवेश गर्ने बाटो खुलेको छ ।

अमेरिकी उपराष्ट्रपति माइक पेन्सले इलेक्टोरल मतगणनामा वाइडेनले ३०६ मत र ट्रम्पले २३२ मत प्राप्त गरेको घोषणा घोषणा गरेको हो ।

वाइडेनले जनवरी २० मा राष्ट्रपतिका रुपमा सपथ लिनेछन् । यससँगै कमला ह्यारिस पनि उपराष्ट्रपति पदमा अनुमोदित भईसकेकी छिन् ।

चुनावमा धाँधली भएको बताउँदै आएका डोनल्ड ट्रम्पका समर्थकले बैठक चलिरहेको बेला संसद भवनमा हिंसा मच्याएका थिए। चार जनाको ज्यान गएको हिंसाका कारण बैठक अवरूद्ध भएको थियो।

संसदमा एरिजोना र पेन्सिल्भेनियाको इलेक्टोरल मतका बारेमा दिइएको चुनौति दुई तिहाई मतले अस्वीकृत भएको थियो ।

संसदको निर्णयपछि राष्ट्रपति डोनल्ड ट्रम्पले विज्ञप्ति जारी गर्दै २० जनवरीमा शान्तिपूर्ण तरिकाले सत्ता हस्तान्तरण गर्ने बताएका छन् । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।