logo

राति २ बजे राष्ट्रपतिलाई उठाएर लहडमा संसद् भंग गर्नेहरुलाई के भन्नु : प्रधानमन्त्री देउवा

    1447   पटक पढिएको


१ कात्तिक /अर्थ र व्यापार – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राति २ बजे राष्ट्रपतिलाई उठाएर लहडमा संसद् भंग गर्नेहरुलाई के भन्नु र ? भनेर व्यग्य गरेका छन । सत्ता गठबन्धनले मंगलबार ललितपुरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले आगामी ४ मंसिरमा हुने प्रतिनिधी सभा र राष्ट्रिय सभाको निर्वाचनमा उठेका अन्य दलका नेताहरुलाई यस्तो व्यग्य गरेका हुन ।

उनले संविधानको रक्षा र आर्थिक समृद्धिका लागि सत्ता गठबन्धनका उम्मेदवारहरूलाई मतदान गर्न आग्रह गरे । उनले पूर्वप्रधानमन्त्री केपी ओलीले दुई–दुई पटकसम्म संसद् भंग गरेर संविधान मिच्ने काम गरेको र आवधिक निर्वाचनको चक्रलाई समेत मिच्न खोजेको आरोप लगाए ।
यसैगरि, प्रधानमन्त्री देउवाले ओलीले रातारात संसद् विघटन गरेको स्मरण गरे । ‘जनताले चुनेको संसद्लाई मनपरी गरेर भंग गर्न मिल्दैन । यो–यो अवस्थामा बाहेक संसद् भंग गर्न पाइँदैन भन्ने व्यवस्था हामीले गरेका थियौं । राति २ बजे राष्ट्रपतिलाई उठाएर संसद् भंग गर्नेहरु छन्,’ देउवाले भने, ‘त्यही काम बिहान ६–७ बजे गरेको भए पनि हुन्थ्यो । लहडमा भंग गरिदिनुभयो । लहडमा त उहाँले के गर्नुहुन्छु, के गर्नुहुन्न के थाह ?’
उनले अहिले सत्ता गठबन्धन राम्रोसँग चलिरहेको र चुनावपछि पनि गठबन्धनकै सरकार बस्ने बताए । ‘अहिले गठबन्धन राम्रोसँग चलेको छ । कुरा गर्ने मान्छेले जे पनि भन्छन् । तर, कुरामात्रै गरेर हुँदैन । मैले पनि अस्ति हँसिया हथौडामा भोट हालेकै हो । पाए आजै पनि हाल्थेँ,’ उनले भने, ‘निर्वाचन भनेको आवधिकरुपमा हुने हो, जहिले पायो त्यहीले भोट हाल्न पाइँदैन । ओलीजीले त दुई वर्षअघि नै चुनाव गर्न खोज्नुभएको थियो । मलाई सबै साथीहरूले, जनताहरूले यो कुरा बुझ्नुपर्छ लाग्दछ ।’
प्रधानमन्त्री देउवाले पूर्वप्रधानमन्त्री ओलीले दुई वर्षअघि नै संसद् विघटन गरेर संविधान र लोकतन्त्रलाई माँस्ने प्रयास गरेको बताए । अहिलेको यो संविधान राम्रो संविधान छ, यो संविधान बचाएर सबैले मिलेर देशको विकास गर्नुको विकल्प नभएको बताउँदै देउवाले भने, ‘अहिले गठबन्धन छ, जहाँ जो उम्मेदवार छ, त्यही भोट हालौँ । जहाँ रुख छ, त्यहाँ हालौँ । कलम भएपनि हालौँ, हँसिया हथौडा भए पनि हालौँ ।’
उनले नेपालले बिजुली बेचेर मात्रै पनि आर्थिक समृद्धि गर्न सक्ने बताए । ‘भारतले बिजुली किन्ने सम्झौता गरेको छ । धेरै ठूलो स्रोत हामी कहाँ छ । हामीले ठूलो मात्रामा विद्युत् उत्पादन गरियो त्यसलाई भारतसँग विक्रीमात्रै गरेर पनि हामी थोरै समयमै आर्थिकरुपमा सबल बन्ने आधारहरू बनेको छ,’ उनले भने ।
प्रधानमन्त्री देउवाले गठबन्धनलाई स्थायी लोकतन्त्र, शान्ति र विकासका लागि मतदान गर्न आग्रह गरे । गठबन्धनको सरकार बनेपछि मुलुकको आर्थिक अवस्थामा समेत सुधार हुँदै आएको उनको दाबी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।