logo

राजपा स्थानीय चुनावमा सहभागी नहुने

आम हड्ताल सहित आन्दोलन घोषणा

    2542   पटक पढिएको

२८ जेठ/ अर्थ र व्यापार- राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले दोस्रो चरणको स्थानीय चुनावमा सहभागी नहुने भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । राजपाले आम हड्ताल सहितका आन्दोलनका कार्यक्रम पनि घोषणा गरेको छ । आइतबार बसेको राजपाको बैठकले सो निर्णय गरेको हो ।

सरकारले घोषणा गरेको स्थानीय निकायको निर्वाचन मित असार १४ गते लाई लक्षित गर्दै राजपाले १० गते देखि अनिश्चितकालीन आमहड्ताल गर्ने निर्णय गरेको छ । त्यस्तै उम्मेद्वारहरूको मनोनय दर्ताका दिन असार २ गते राजपाले गाउँपालिका र नगरपालिकामा अवस्थित निर्वाचन केन्द्रहरूमा तालाबन्दी गर्ने र लाठी जुलुस निकाल्ने बताएको छ । त्यस्तै असार ६ देखि १४ गते सम्म निर्वाचन कार्यक्रममा अवरोध गर्ने उसले जनाएको छ ।

आईतवार आन्दोलनका कार्यक्रम सार्बजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा राजपा नेता राजेन्द्र महतोले सरकारसँग वार्ताको औचित्य सकिएको तर सरकारले मागहरु पूरा गरेमा  आफूहरु सहमतिमा आउन तयार रहेको उनले वताए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।