logo

थापाथलीमा प्रचण्ड–नेपाल पक्षीय विद्यार्थीको भेला 

    1948   पटक पढिएको


१९ मंसिर/अर्थ र व्यापार– नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव नेपाल पक्षधर विद्यार्थीले शुक्रबार भेला गरेका छन् ।

नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको बेला दाहल र नेपाल पक्षधर विद्यार्थी काठमाडौंको थापाथली क्याम्पसमा बागमती युवा विद्यार्थीको भेला गरेको हो ।

भेलामा नेकपा बागमती प्रदेश इन्चार्ज एवम् स्थायी कमिटी सदस्य अष्ट लक्ष्मी शाक्य, स्थायी कमिटी सदस्य पम्फा भुसाल लगायतको उपस्थिती रहेको स्रोतले जनाएको छ ।

पछिल्लो समय नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली समूहबीचको विवाद चुलिएको छ ।

पार्टी अध्यक्ष प्रचण्डले गत कात्तिक २८ गते सचिवालयमा पेस गरेको प्रतिवेदनलाई प्रधानमन्त्री तथा अध्यक्ष ओलीले आरोप पत्र भन्दै मंसिर १३ गते अर्को प्रस्ताव सचिवालयमा दर्ता गरेका छन् । अहिले सचिवालयमा दुबै प्रस्ताव माथि छलफल भईरहेको छ ।

छलफलमा ओलीले प्रचण्डको प्रस्ताव फिर्ता हुनु पर्ने अडान राख्दै आएका छन् भने प्रचण्डले भने उक्त प्रस्ताव आफ्नोमात्र नभई अरू पाँच सचिवालय सदस्यको पनि भएकाले फिर्ता लिन नसकिने बताउँदै आएको छ ।

दुवै प्रस्ताव माथि छलफल भएपनि दुई पक्षबिच कुरा नमिल्दा सचिवालय बैठकले कुनै निर्णय गर्न सकेको छैन । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।