logo

दुवै गठबन्धनले एकै स्थानमा सभा राखेपछि नुवाकोटमा निषेधित क्षेत्र घोषणा

    1564   पटक पढिएको


७ मंसिर / अर्थ र व्यापार - नुवाकोट । जिल्ला प्रशासन कार्यालय नुवाकोटले लिखु गाउँपालिका–१ मा पर्ने ढिकुरे बजारसहित आसपासको क्षेत्रलाई आज निषेधित क्षेत्र घोषणा गरेको छ । 
नुवाकोट प्रशासनले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ ९३० बमोजिम ढिकुरे बजारदेखि पूर्वमा चौघडा, पश्चिममा बराहफेदीडाँडा, उत्तरमा माझपानी र दक्षिणमा चौघुडा क्षेत्र चारकिल्लाभित्र कुनै पनि सभा र जुलुस गर्न नपाइने गरी निषेधित क्षेत्र घोषणा गरेको सूचनामार्फत जनाएको छ । आज बिहान ६ बजेदेखि शुरु भएको निषेधित क्षेत्र साँझ ६ बजेसम्म कायम रहने जिल्ला प्रशासन कार्यालय नुवाकोटका प्रशासकीय अधिकृत नन्दलाल शर्माले जानकारी दिए । 

चुनावी प्रचारको अन्तिम दिन आज ढिकुरेको मुख्य बजारमा नेपाली काँग्रेस र त्यसको केही मिटर दूरीमा नेकपा एमाले र माओवादी केन्द्रले संयुक्तरुपमा शक्ति प्रदर्शकसहित चुनावीसभा आयोजना गर्ने तय गरेका छन् । दुई शक्तिमध्ये एकलाई स्थान परिवर्तन गर्न गरेको आग्रह अस्वीकार गरेकाले बाध्य भएर निषेधित क्षेत्र घोषणा गर्नुपरेको प्रशासकीय अधिकृत शर्माले बताए । दुवै गठबन्धनबाट केन्द्रीयस्तरका नेताले सम्बोधन गर्ने चुनावीसभा एकै स्थानमा सञ्चालन हँुदा हिंसा र झडप सिर्जना हुनसक्ने प्रशासनले आशंका गरेको छ । सहमतिका लागि प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवसहितको सुरक्षा निकायका प्रमुखको टोलीले आयोजकसँग गरेको प्रयास असफल भएपछि सम्भावित घटना रोक्न निषेधित क्षेत्र घोषणा गरेको प्रशासनले जनाएको छ । 

प्रशासनले निषेधित क्षेत्र घोषणा गरेपछि अब दुवै पार्टीले शक्ति प्रदर्शनसहितको चुनावीसभा अन्य स्थानमा सार्नुपर्ने भएको छ । आज हुने अन्तिम चुनावीसभामा काँग्रेसको तर्फबाट केन्द्रीय सदस्य एवं चर्चित युवा नेता गगनकुमार थापालगायत र वाम गठबन्धनका तर्फबाट एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, माओवादी केन्द्रका नेता रामबहादुर थापा आउने कार्यक्रम रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।