logo

नवनियुक्त भौतिक पूर्वाधारमन्त्री भन्छन्– काठमाडौंका सडकको अवस्था देखेको छु

    1931   पटक पढिएको

५ मंसिर / अर्थ र व्यापार - नवनियुक्ति भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले काठमाडौं उपत्यकाको सडकको अवस्थाबारे आफू जानकार रहेको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिपरिषद् पुनर्गठन गर्दा पाँचथरका सांसद नेम्वाङले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी पाएका थिए । बिहीबार विहान सपथ लिएका उनले सिंहदरबारस्थित मन्त्रालयमा पुगेर पदभार सम्हाले । उनलाई निवर्तमान मन्त्री रघुवीर महासेठले स्वागत गरेका थिए ।

पदभार ग्रहणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नवनियुक्त मन्त्री नेम्वाङले भने, ‘नागरिकको हैसियतले काठमाडौं उपत्यका र देशभरको सडक देखेको छु ।’ पूर्वाधार विकासमा जुन गतिमा काम भइरहेको छ, त्यो पर्याप्त नभएको उनले बताए । सडक, रेल, पानीजहाज लगायतका पूर्वाधारका क्षेत्रमा काम गर्न प्रशासनिक, नीतिगत सुधार गर्नुपर्ने भए गरेर पनि कामलाई गति दिने उनले बताए ।

उनले निवर्तमानमन्त्री महासेठ पार्टीको नेता र इन्जिनियर समेत भएको भन्दै उनले गरेका राम्रा कामहरुलाई आफूले पनि निरन्तरता दिने बताएका छन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।