logo

चुनाव भइसकेका ३२ जिल्लामा २१ गते साँझ ५ बजेदेखि मतगणना हुने

    1471   पटक पढिएको

   १७ मंसिर / अर्थ र व्यापार - मंसिर १० गते चुनाव भएका ३२ जिल्लामा २१ गते साँझ पाँच बजेपछि मतगणना सुरु हुने भएको छ । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार दोस्रो चरणमा चुनाव हुने ४५ जिल्लामा मतदानको समय सकिनासाथ पहिलो चरणमा चुनाव भएका ठाउँको मतगणना सुरु हुनेछ । १० गते चुनाव भएका हिमाली र पहाडी क्षेत्रका ३२ जिल्लाका ३७ प्रतिनिधि सभा र ७४ प्रदेश सभाका मतपेटिका अहिले जिल्ला सदरमुकाममा राखिएको छ ।

‘मतगणना गरिने स्थानमा राखिएकाले यताको समय सकिनासाथ मतगणना सुरु हुन्छ,’ ढकालले भने, ‘त्यसका लागि आयोगले सबै तयारी गरिसकेको छ ।’ सदरमुकाममा राखिएका मतपेटिकाको सुरक्षामा सरकारले तीन तहको सुरक्षा व्यवस्था गरेको छ भने दलका प्रतिनिधि पनि पालैपालो निगरानी गरिरहेका छन् । ढकालले साता दिनभित्र प्रत्यक्षतर्फको सबै मतपरिणाम आइसक्ने बताए ।

‘समानुपातिकका लागि केही समय लाग्छ, प्रत्यक्षको परिणाम भने हप्ता दिनभित्र आइसक्छ,’उनले भने । दुई चरणमा गरी यसपालि १६५ प्रतिनिधि सभा र ३३० प्रदेश सभा सदस्यका लागि चुनाव हुँदै छ ।

 
    

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।