logo

प्रगतिशील समूह र लोकतान्त्रिक समूहका इन्जिनियरहरु प्यानलसहित प्रतिस्पर्धामा, चुनाव आज हुदैँ

    1993   पटक पढिएको

२८ मंसिर/ अर्थ र व्यापार -  नेपाल इन्जिनियर्स एशोसियन (एनईए)को नयाँ नेतृत्व चयन आज हुँदैछ । नयाँ नेतृत्वको लागि प्रगतिशील समूह र लोकतान्त्रिक समूहका इन्जिनियरहरु प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् ।

प्रज्ञा भवन कमलादीमा बिहान ८ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ । केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनमा प्रगतिशील समूहको नेतृत्व प्रा.डा. त्रिरत्न बज्राचार्यले र लोकतान्त्रिक समूहको नेतृत्व ई.प्रा.हिरेन्द्रमान प्रधानले गरेका छन् ।

३२ औं कार्यकारिणी समिति र सातवटै प्रादेशिक कार्यकारिणी समिति चयनका लागि मतदान हुनेछ । केन्द्रीय कार्यकारिणी समितिका १८ र प्रत्येक प्रदेश कार्यकारिणी समितिका १६÷१६ जना चुनिनेछन् । एशोसिएसनको कार्यकारिणी समितिको पदावधि दुई वर्ष हुन्छ ।

प्रगतिशील र लोकतान्त्रिक दुवै समूहले व्यवसायिक हकहितका एजेण्डा उठाएका छन् । लोकतान्त्रिक समूहको घोषणापत्रमा गुणस्तरीय इन्जिनियरिङ शिक्षा, सम्मानजनक रोजगारी, सेवा सुविधा र क्षमता अभिवृद्धि लगायतका विषयहरु छन् । चुनावलाई स्वच्छ, निस्पक्ष बनाउने उद्देश्यले मतदानस्थलमा मोबाइल लैजान र फोटो खिच्न निषेध गरिएको छ । एशोसिएसनबाट वितरण गरिएको परिचयपत्र नक्कली बनाउन सकिने भएकाले आफ्नो परिचय खुल्ने अन्य सरकारी परिचय पत्र पनि साथमै लिएर जानुपर्ने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।