logo

प्रमुख दललाइ मंसिर २१ को चुनावमा उम्मेदवार छान्न भ्याइ नभ्याइ,

    1449   पटक पढिएको

 

कात्तिक १० /  अर्थ र व्यापार - काठमाडौँ , दोस्रो चरण मंसिर २१ मा हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवार छान्न प्रमुख राजनीतक दलहरुलाई भ्याइ नभ्याइ भएको छ । ४५ जिल्लामा हुने दोस्रो चरणको निर्वाचनका लागि कार्तिक १६ गते बन्द सूची बुझाउनुपर्ने भएकाले दलहरु उम्मेदवार छान्ने अन्तिम गृहकार्यमा लागेका हुन् ।

यसैवीच, नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धनले दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारहरुको अन्तिम टुंगो आजै लगाउने तयारी गरेको छ । कार्यदलस्तरमा देखिएका विवाद समाधान गर्दै साझा उम्मेदवार टुंगो लगाउने तयारीमा बाम गठबन्धन लागिपरेको हो । 

त्यसअघि शुक्रबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यदलसँग छलफल गरेका छन् । कार्यदलले विवादित स्थानको विवाद जस्ताको तस्तै प्रतिवेदनमा राखेर शीर्ष नेता सम्मिलित समन्वय समितिमा बुझाएपछि ओली र प्रचण्डले कार्यदलसँग छलफल गरेका हुन् । बाम गठबन्धनले संयुक्त चुनावी घोषणापत्र पनि आजै सार्वजनिक गर्ने तयारी गरेका छन् । यता, सरकारको नेतृत्वकर्ता नेपाली कांग्रेसले पनि उम्मेदवारहरको टुङ्गो लगाउन कांग्रेस संसदीय बोर्डको बैठक बोलाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँटबारे छलफल भइरहेको नेता मिनेन्द्र रिजालले
जानकारी दिए । प्रदेश नम्बर २ मा राजपा र संघीय समाजवादी फोरमसँग चुनावी तालमेलमा सकस भएपछि कंग्रेसले धमाधम आफ्ना उम्मेदवार छान्न थालेको हो । 

शुक्रबारै कागं्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनको कार्यदल बैठक बस्ने भनिएपनि ११ बजेसम्म समय तय नभएको संघीयसमाजबादी फोरमका नेता तथा कार्यदल सदस्य राजेन्द्र श्रेष्ठले बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।