logo

विवेकशील र साझा पार्टीबीच एकता

    2329   पटक पढिएको

२४ मंसिर/अर्थ र व्यापार– साझा पार्टी र विवेकशील पार्टीबिच आज बुधबार एकिकरण घोषणा भएको छ । एकीकृत पार्टीको अध्यक्षमा रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डे रहेका छन् ।

कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै दुई पार्टीले भर्चुअल माध्यममार्फत एकता घोषणा गरेका हुन् ।  
एकीकृत पार्टीको नाम विवेकशील साझा पार्टी राखिएको छ भने लोगो र चुनाव चिन्ह तराजु राखिएको छ । 

दुवै पार्टीबाट ६५–६५ जना रहनेगरि १ सय ३० सदस्यीय केन्द्रीय कार्यसमिति गठन हुने बताइएको छ ।
त्यस्तै गरी, दुवै पार्टीबाट १३–१३ जना रहनेगरि २६ सदस्यीय सचिवालय गठन हुने भएको छ । केन्द्रीय समितिको पहिलो बैठकले सचिवालय गठन गर्नेछ ।  

त्यस्तै, ९ महिनाभित्र एकता महाधिवेशन गरिसक्ने बताइएको छ । सो अवधिसम्मका लागि अन्तरिम पार्टी सञ्चालन कार्यविधि बनाइ पार्टी सञ्चालन गर्ने बताइएको छ । 

घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै विवेकशील नेपाली दलका संयोजक पाण्डेले विगतमा पार्टी फुट्नुलाई दुर्घटनाको संज्ञा दिएका छन् । 

पार्टी एकीकरण घोषणा कार्यक्रममा साझाका संयोजक मिश्रले वैकल्पिक राजनीतिका लागि आफूहरू फेरि एक भएको बताए । उनले सुशासनका लागि आफूहरू लागिपर्ने बताए ।

यी दुई पार्टीबीच यसअघि २०७४ साउन ११ गते एकता भएको थियो । एकताको १७ महिनापछि २०७५ पुसमा पार्टी विभाजन भएको थियो । 


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।