logo

मन्त्रालयद्वारा बैतडी अस्पतालको अनुगमन

    1424   पटक पढिएको


१८ पुस  / अर्थ र व्यापार - बैतडी । स्वास्थ्य मन्त्रालयको चिकित्सा महाशाखाको टोलीले जिल्ला अस्पताल बैतडीको अनुगमन गरेको छ । अस्पातलले प्रदान गर्ने न्यूनतम सेवा कसरी प्रदान भइरहेका छन् भन्ने विषयमा टोलीले सोमबार अनुगमन गरेको हो । अनुगमनका क्रममा जिल्ला अस्पतालमा न्यूनतम मापदण्डअनुसार सेवा प्राप्त भइरहेको भएपनि केही समन्वयात्मक समस्या देखिएको स्वास्थ्य मन्त्रालयका प्रतिनिधि डा अविरल बाराकोटीले बताउनुभयो ।

जिल्ला अस्पातलको ५० श्ययाको अस्पताल निर्माण कार्य जारी रहेकाले पनि स्वास्थ्य सेवामा केही असर परेको र स्वास्थ्य सेवालाई अझै प्रभावकारी बनाउनुपर्ने अनुगमनका लागि बैतडी पुगेका क्षेत्रीय स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत रमेश मलासीले बताउनुभयो ।

जिल्ला अस्पताल बैतडीले गुणस्तरीय रुपमा स्वास्थ्य सेवा प्रदान गरे नगरेको बारेमा टोलीले अनुगमन गरेको हो । अनुगमनका क्रममा अस्पतालमा देखिएका समस्याका बारेमा सम्बन्धित सबैको ध्यानाकर्षण गराएको टोलीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।