logo

कैलाली ५ मा आरजु देउवा चुनाव लड्ने ,

    1573   पटक पढिएको


कात्तिक १३ / अर्थ र व्यापार - नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवा प्रत्यक्ष चुनाव लड्ने भएकी छन् ।
सोमबार बसेको कांग्रेस संसदीय समितिको बैठकले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाकी पत्नी आरजुलाई कैलाली ५ मा उम्मेदवार बनाउने निर्णय गरेको हो । दोस्रो संविधानसभामा प्रधानमन्त्री देउवा डडेलधुरासँगै कैलाली ५ बाट विजयी भएका थिए ।

तर, दुई मध्ये एक क्षेत्र एउटा क्षेत्र छोड्नु पर्ने कानुनी प्रावधान अनुसार कैलाली ५ छाडे । उपनिर्वाचनमा कांग्रेसका पुष्करनाथ ओझा निर्वा्चित भएका थिए । यस्तै कांग्रेस नेतृ अम्बिका बस्नेत काठमाडौं क्षेत्र नम्बर ३, महालक्ष्मी डिना उपाध्याय पनि मकवानपुर २ र सीता गुरुङ तेह्रथुमबाट चुनाव लड्ने भएकी छन् ।
संसदीय समितिले गुल्मी १ मा चन्द्र भण्डारी र २ मा चन्द् केसी, सुर्खेत २ मा हृदयराम थानी र सल्यानमा राजेन्द् बहादुर शाहलाई उम्म्मेदवार बनाउने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।