logo

अब म पार्टीको नेतृत्व लिन्छु : प्रकाशमान सिंह

    1576   पटक पढिएको

४ कात्तिक / अर्थ र व्यापार – नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले आसन्न पार्टी महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने दोहो¥याएका छन् । उनले पार्टीलाई विधिसम्मत र संस्थागत रुपले सञ्चालन गर्न सक्ने नेतृत्वको खाँचो औंल्याउँदै अब आफू आगामी नेतृत्व लिन पार्टी सभापतिमा प्रतिस्पर्धा गर्ने बताएका हुन् ।
बिहीबार धादिङमा पार्टीको धुनिबेसी नगर समितिको कार्यालय उद्घाटन कार्यक्रममा पूर्वमहामन्त्री सिंहले यस्तो बताएका हुन । उनले कांग्रेसमा आफ्नो परिवारले त्याग मात्रै गरेको उल्लेख गर्दै आगामी १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने दावी गरे । 
‘गणेशमानको परिवारले सधैं त्याग मात्रै गरेको छ । अब म पार्टीको नेतृत्व गर्छु,’ उनले भने, ‘म गणेशमानको छोरा भएर मात्रै राजनीतिमा आएको होईन । मेरो आफ्नै छुट्टै संघर्ष छ । यहाँसम्म आइपुग्दा धेरै अवरोधहरुको समाना गरेको छु ।’ उनले आफू अन्य क्षेत्रमा असफल भएर राजनीतिमा नआएको पनि स्पष्ट पारे ।
काँग्रेस नेता सिंहले अहिलेको पार्टी नेतृत्वका कारण नेपाली कांग्रेस कमजोर भएको आरोप लगाए । पार्टीलाई विधिसम्वत र संस्थागत रुपमा नेतृत्वले अघि नबढाएको उनको आरोप छ । हालसम्म धेरै पटक कार्यतालिका संशोधन गर्दा पनि महाधिवेशन गर्न नसकेको भन्दै उनले पार्टी नेतृत्वको आलोचना गरे । महाधिवेशन पनि गर्न नसक्ने पार्टीले कसरी देश चलाउँछ भनेर जनताले प्रश्न गर्न थालिसकेको बताउँदै  सिंहले भने, ‘अब तोकिएकै समयमा महाधिवेशन हुनुपर्छ । कुनै बहानाबाजी गर्न पाइदैन ।’ 
नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन आगामी ९ देखि १३ मंसिरसम्म काठमाडौंमा गर्ने कार्यतालिका छ तर, कतिपय जिल्लामा वडा अधिवेशन नै सुरु हुन नसक्दा कांग्रेस महाधिवेशन निर्धारित मितिमा हुनेमा आशंका हुन थालेको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।