logo

८८ औं दिनमा मन्त्रिपरिषद्ले पायो पूर्णता,४ बजे शपथग्रहणको तयारी

    1469   पटक पढिएको

 

२२ असोज / अर्थ र व्यापार – नयाँ सरकारको नेतृत्व सम्हालेको ८८ औं दिनपछि बल्ल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका छन । उनले आफ्नो पार्टी नेपाली काँग्रेस सहित, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) लाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका हुन ।
गठबन्धन सरकारको सहमतिअनुसार नेपाली काँग्रेसले प्रधानमन्त्री सहित ८, माओवादीले ५, जसपा र एकीकृत समाजवादीले ४÷४ जना मन्त्री पाएका छन । सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसका नेता रामचद्र पौडेल र कृष्ण सिटौला पक्षले मन्त्रीको नाम सिफारिस गरेका हुन् । पौडेल पक्षबाट मिनेन्द्र रिजाल रक्षामन्त्रीको सपथ लिने छन् भने दिलेन्द्र बडूले कानुन न्याय तथा संसदीय मामिला मन्त्रीको शपथ लिँदै छन । यसैगरि, सिटौल समूहबाट सिफारिस भएका उमाकान्त चौधरीले खानेपानी मन्त्रीको शपथ लिने भएका छन ।
हाल कानुन मन्त्री रहेका ज्ञानेन्द्र बहादुर कार्कीलाई सञ्चार, देउवाकै कोटाबाट उमा रेग्मी महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री बनाईएको छ । यसअघि देउवाले आफ्नो पक्षबाट गृहमन्त्रीमा बालकृष्ण खाँड, परराष्ट्र मन्त्रीमा नारायण खड्का र स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई छानेका थिए ।  नवनियुक्त मन्त्रीहरुलाई शुक्रबार दिउँसो ४ बजे शपथ ग्रहण कार्यक्रम राखिएको छ । 
यसैगरि, नेकपा एकीकृत समाजवादीले मन्त्री र राज्यमन्त्रीको सूची प्रधानमन्त्री देउवालाई बुझाएको छ । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले अन्तिममा मन्त्रालय हेरफेर गरेर अन्तिम सूची बुझाएका हुन् । एकीकृत समाजवादी नेता विरोध खतिवडा स्वास्थ्य तथा जनसंख्या मन्त्री,  रामकुमारी झाँक्री सहरी विकास र प्रेम बहादुर आलेलाई संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको जिम्मा दिने तयारी भएको छ । यसअघि स्वास्थ्यमा झाँक्री र पर्यटनमा आलेलाई पठाउने तयारी थियो । यस्तै, नेकपा एसबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा किसान श्रेष्ठ र भवानी खापुङलाई स्वास्थ्य राज्यमन्त्री बनाईने तयारी छ । 

यसैबीच, सत्तारुढ गठबन्धनले न्यायपालिकाको कोटाबाट नेपालगञ्जका गजेन्द्र हमाललाई मन्त्री बनाउने भएको छ । हमाललाई प्रधानमन्त्री  देउवाको सचिवालयबाट मन्त्रीको सपथका लागि तयार रहन खबर गइसकेको स्रोतले जनाएको छ । हमाललाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बनाइने भएको छ । नेपाली कांग्रेस बाँकेका पूर्वसभापति रहिसकेका हमाल पछिल्लो समय कांग्रेस राजनीतिमा त्यति सक्रिय छैनन् । तर, उनलाई प्रधानन्यायाधीशको नाता लगाएर न्यायपालिकाको भागबण्डामा मन्त्री बनाउन लागिएको हो । सर्वोच्च अदालतमा सत्ता गठबन्धनका दलहरूको आधिकारिकता विवाद, माधव नेपाल र बाबुराम भट्टराईविरुद्धको मुद्दा तथा संवैधानिक नियुक्ति बदरलगायतका मुद्दाहरू विचाराधीन रहेकाले न्यायपालिका कम्फरटेबल बनाउन हमाललाई मन्त्री बनाउन लागिएको हो ।  

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।