logo

वाग्लेले लमजुङबाट प्रदेश अधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिने

    3635   पटक पढिएको

१ असोज / अर्थ र व्यापार-  नेपाल कांग्रेसको चौधौं महाधिबेशनको लागी गण्डकी प्रदेश प्रतिनिधिमा लमजुङ प्रदेश “क” बाट गणेश वाग्लेले उम्मेद्वारी दिने भएका छन । वाग्ले यसअघि गत श्रावण १८ गते सम्पन्न वडा अधिवेशन वाट क्षेत्रिय प्रतिनिधि विजयी भएका थिए । 

विद्यार्थी राजनीतिवाट नेपाली कांग्रेसको राजीनितिमा सक्रिय वाग्ले यसअघि नेपाली कांग्रेस, लमजुङ–काठमाडौं सम्पर्क समितिको विभिन्न पदमा रहँदै हाल उपाध्यक्ष, नेपाल विद्यार्थी संघको दुई पटक केन्द्रिय महाधिवेशन प्रतिनिधि हुनुका साथै नेपाली कांग्रेसको १३ औं महाधिबेशनमा लमजुङ वाट क्षेत्रीय प्रतिनिधि समेत निर्वाचित भएका थिए ।

“सम्पूर्ण अग्रजहरुको सम्मान गर्दै पार्टीलाई युवाहरुको आकर्षणको केन्द्र बनाउने जिम्मेवारी पुरा गर्न र आगामी निर्वाचनमा पार्टीलाई जनताको आशा र भरोसको केन्द्र बनाउन प्रदेश प्रतिनिधिमा उम्मेदवारी दिँदैछु”–वाग्लेले भने । विगतका कमजोरीहरु वाट सिकेर आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई अग्रपंक्तिमा ल्याउन पनि सानैदेखि आँफुले गरेका कर्मले आँफुलाई सहज हुने उनले वताए । 

वाग्ले विद्यालयकाल देखि नै नेपाली विद्यार्थी संघ हुँदै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय थिए । पार्टीमा इमान्दारिता, उत्तरदायित्व, लगनशिलता, उद्यमशिलता र सेवाको लागी राजनीति भन्ने अवधारणा स्थापित गर्ने आफ्नो प्रमुख एजेण्डा रहेको उनले वताए । त्यसका साथै आगामी निर्वाचनमा नेपाली कांग्रेसका उम्मेद्वार लाई वडा तह देखि संघीय तहसम्म नै निर्वाचित गराउन र नेपाली कांग्रेसलाई गाँउस्तर बाटै सशक्त बनाउने आफ्नो अभियान रहेको उनले वताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।