logo

प्रधानमन्त्री देउवाका छोरा जयवीरसिंहले लिए काँग्रेसको सदस्यता

    1549   पटक पढिएको

२३ भाद्र /अर्थ र व्यापार – प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवाले पनि नेपाली काँग्रेस पार्टीको सदस्यता लिएका छन् । २६ वर्षीय देउवाले उनकै बुबाको गृह जिल्ला डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ को वडा कमिटिको सिफारिसका आधारमा नेपाली काँग्रेसको सदस्यता लिएका हुन् ।
काँग्रेसबाट निर्वाचित भएका वडाध्यक्ष चेतराज पनेरुले कुल एकसय ८० जना मध्ये ९६ जना नयाँ सदस्य थपिएको बताउँदै त्यसमा प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवाले पनि नयाँ सदस्यता लिएको बताए । 
बेलायतको युनिभर्सिटी अफ न्यूयोर्कबाट राजनीतिशास्त्रमा एमए गरेका प्रधानमन्त्री पुत्र जयवीरसिंहले अहिले आएर नेपाली काँग्रेसको क्रियाशिल सदस्यता लिनुलाई निकै चासोका साथ हेरिएको छ । यसअघि नागरिकता लिएको धेरै वर्ष भईसके पनि उनले पार्टीको सदस्यता प्राप्त गरेका थिएनन् । अहिले आएर उनले नयाँ सदस्यता लिनुलाई नेपाली काँग्रेस कार्यकर्ता एवं पार्टीभित्र पनि निकै चासोकासाथ हेरिएको सोही पार्टीका कार्यकर्ताहरुले बताएका छन । 

अहिले प्रधानमन्त्री देउवाका छोरा जयवीरसिंहलाई त्यहाँको वडाबाट क्षेत्रिय प्रतिनिधिमा निर्वाचित गरेर पठाउने तयारी समेत वडा कमिटिले गरेको बताईएको छ । वडाबाट क्षेत्रिय प्रतिनिधिमा निर्वाचित भएपछि अब जयवीरसिंह देउवा पनि मुलुकको सक्रिय राजनीतिमा आउने अनुमान गरिएको काँग्रेस कार्यकर्ताहरुबीच चिया गफ हुन थालेको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।