logo

देशकै प्रमुख पर्यटकियस्थल ठमेलमा दुई महिना देखि सडकको बिजोग

    5936   पटक पढिएको

१९ जेठ/ अर्थ र व्यापार - देशकै प्रमुख पर्यटकियस्थल ठमेलको सडक विगत करिव दुई महिनादेखि अव्यवस्थित हुँदा पर्यटकहरुले सास्ती व्यहोर्नु परेको छ । त्यति मात्र होईन सडकको कारण होटल,पर्यटकहरुलाई लक्षित गरेर खोलिएका पसलहरु बन्दै गर्नुपर्ने अवस्था आएको छ ।
सडक विभाग,काठमाडौं महानगरपालिका ,केयुकेएलको ढिलासुस्तिका कारण निकै सास्ति भोग्नुपरेको र पर्यटकहरुले निकै असहज अवस्था भोग्नुपरेको ठमेल पस्थत व्यवसायिहरु वताउँछन । 

पर्यटकिय स्थल ठमेल पछिल्लो समय मेलम्चि खानेपानी आयोजना र ढल निकासको लागि गरिएको जथाभावि सडक खन्ने र भत्काउने कार्यले पछिल्लो समयमा कूरुप वन्दै गएको छैन,हिँडडुल गर्न नै समस्या भएको छ ।
ठुला–ठुला खाल्टा,कच्चि वाटो, अत्याधिक धुलो उड्ने, सामान्य वर्षा हँुदा पनि पानी जम्ने गरेका कारण ठमेलको सडक हिँडडुल गर्नै पनि असहज बन्दै गएको छ । जसले गर्दा ठमेल वजारको सुन्दरतामा कमि आउने मात्र होइन,प्रमुख प्रर्यटकिय स्थलको छाप नै पर्यटकहरुमा नकारात्मक पर्ने पर्यटन व्यवसायिहरु वताउँछन ।


यस विषयमा कुरा गर्दा काठमाडौं महानगरपालिकाका जिम्मेवार व्यक्तिहरुले ठमेलको साँघुरो सडक र गहिरो ढल भएका कारण काममा ढिलासुस्ति भएको स्विकारे ।

शुक्रवार अर्थ र व्यापार संग कुरा गर्दै ठमेल पर्यटन विकास समितिका महासचिव भवि शर्माले छिटो भन्दा छिटो काम सक्न ठमेल पर्यटन विकास परिषद्ले पहल गरिरहेको वताए । तीन वा चार दिन देखि ठमेलमा सडकको पिच काम सुरु हुने वताए । असार १५ सम्ममा सम्पूर्ण सडकको काम सकिने र पुरानै अवस्थामा फर्किने उनले वताए । 
यता व्यवसायिहरु र ठमेल स्थित बासिन्दाहरुले छिटो भन्दा छिटो काम सक्न माग गरेका छन । 
 

तपाईको प्रतिक्रिया

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।