logo

वाइडबडी अनियमितताबारे तीनवटा निकायद्वारा छानविन

    1353   पटक पढिएको

२७ पुस/ अर्थ र व्यापार - वाइडबडी विमान खरिद प्रक्रियामा अनियमितता भएको भन्दै संसदीय संसदको सार्वजनिक लेखा समितिपछि अझै तीनवटा निकायले छानविन गरिरहेको छ । संघीय संसदको अन्तराष्ट्रिय सम्बन्ध समिति मंसिर १९ गते छानविन उपसमिति गठन गर्यो । उक्त उपसमितिलाई एक महिनाको समय दिइएको थियो । तर उपसमितिले एक महिनामा प्रतिवेदन बुझाउन सकेन र पुस २३ गते एक महिना समय थप गरिएको छ ।

छानविन उपसमितिले अहिलेसम्म महालेखा परीक्षकको कार्यलय, नागरिक लगानी कोष, संचय कोषलगायतसँग छलफल गरेको छ । उपसमितिलाई वाइडबडीबाहेक अन्य विमानबारे पनि अध्ययन आवश्यक रहेकोले समय लागेको संयोजक दिपक भट्टले जानकारी दिए । यसैगरी वाइडबडी विमान खरिद प्रक्रियामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप अग्रसरता देखाएको छ । सार्वजनिक लेखा समितिले निर्देशन दिनुअघि देखि नै अख्तियारले वाइडबडीको छानविन गरिरहेको छ ।

अख्तियारका प्रवक्ता रामेश्वर दंगालले भने वाइडबडीको छानविन हामीले पहिलेदेखि नै गर्दै आएका छौं । प्रारम्भिक छानविन भइरहेको छ । सार्वजनिक लेखा समितिको निर्देशन पछि छानविनमा अख्तियारले थप अग्रसरता देखाएको छ । समितिले छानविन गरी एक महिनाभित्र प्रतिवेदन बुझाउने निर्देशन दिएको छ । यसैबीच सरकारले गठन गरेको तीन सदस्यीय उच्चस्तरीय जाँचबुझ आयोगले पनि छानविन सुरु गरेको जनाइएको छ । पूर्व मुख्यन्यायाधीश गोविन्दप्रसाद पराजुलीको अध्यक्षतामा गठित आयोगलाई ४५ दिनभित्र प्रतिवेदन पेश गर्ने समय दिएअनुसार छानविन अगाडि बढाइएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।