logo

बढ्दो विद्युत चुहावट दर, वितरण प्रणालीको चुहावट १४ प्रतिशत नाघ्यो

    1983   पटक पढिएको


१८ मंसिर/अर्थ र व्यापार– विद्युत प्राधिकरणको तथ्यांक अनुसार गत आर्थिक वर्षको असोज महिनाको तुलनामा चालु आर्थिक बर्षको असोजमा २.३१ प्रतिशतले विद्युत चुहावट बढेको छ । 

वितरण प्रणालीको चुहावट गत वर्ष असोजमा ११.९८ प्रतिशत रहेको थियो । चालु आर्थिक वर्षको असोजमा १४.२९ प्रतिशत पुगेको हो । 

चालु आर्थिक वर्षको भदौको तुलनामा भने असोजमा विद्युत चुहावट केही घटेको छ । भदौमा १६.९३ प्रतिशत रहेको यो चुहावट असोजमा १४.२९ प्रतिशतमा झरेको छ । यो २.६४ प्रतिशत हुन आउँछ ।

यसअघि मासिक २२ प्रतिशतसम्म रहेको वितरणतर्फको चुहावट हुने गरेकोमा कुलमान घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक भएर आएपछि मासिक ८ देखी ९ प्रतिशतको हाराहारीमा सीमित गरेका थिए । 

असोजमा सबैभन्दा धेरै प्रणालीगत विद्युत चुहावट बुटवल वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा बढेको छ । बुटवलमा यो वर्षको असोजमा १५.३१ प्रतिशत चुहावट रहेको छ जुन गत वर्षको असोज महिनामा १०.५८ प्रतिशत मात्रै थियो।

असोजमा देशभरका वितरण केन्द्रमध्ये सबैभन्दा कम चुहावट काठमाडौं वितरण केन्द्रको छ । काठमाडौंमा अहिले ६.९९ प्रतिशत मात्र चुहावट छ । गत वर्ष असोजमा यो ५.७९ प्रतिशत थियो । गत वर्षको तुलनामा काठमाडौंको चुहावट १.२ प्रतिशतले बढको हो ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनाको औसत चुहावट १६ प्रतिशत रहेको छ । गत वर्ष सोही अवधिको औसत चुहावट १४ प्रतिशत र वार्षिक औसत चुहावट ११ प्रतिशत रहेको थियो । 

कोरोना महामारीका कारण चुहावट नियन्त्रणका गतिविधि सञ्चालन गर्न नपाउँदा वितरण संगै प्राविधिक चुहावट समेत बढेको प्राधिकरणको भनाई छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।