logo

वेदास कलेजद्धारा अनलाइन कक्षा सञ्चालन सुरु

    2282   पटक पढिएको

२५ चैत्र / अर्थ र व्यापार- वेदास कलेजले लकडाउनको समयमा अनलाइन कक्षा सञ्चालन शुरु गरेको छ । नेपालमै पहिलोपटक आफ्नै सफ्टवेयर विकास गरेर अनलाइन कक्षा सञ्चालन सुरु गरेको कलेजले जनाएको छ । 

कलेजले उक्त सफ्टवेयरको विकास प्राविधिक पार्टनर एम पर्सेप्ट टेक्नोलोजीसंगको सहकार्यमा उक्त कक्षा सञ्चालन गरेको हो । सफ्टवेयरको माध्यमबाट विद्यार्थीहरुलाई लकडाउनका समयमा पनि नियमितरुपमा अध्ययन अध्यापन गराउँदै आएको जानकारी कलेजले दिएको छ । यस्तो कक्षामा विभिन्न आधुनिक सहयोगी सुविधाहरुको साथै एक आधुनिक र प्रयोग गर्न सजिलो इन्टरफेस साथमा हुने कलेजको भनाई छ । सफ्टवेयरमा कक्षा सञ्चालनका लागि आवश्यक सबै सुविधाहरु रहेको कलेजले जनाएको छ ।

सिमलेस अडियो र भिडियो कन्फेरेन्स, पठनपाठनका समयमा स्क्रिन शेयरिङ, छुट्टै छलफलका लागि ब्रेकआउट कोठा र कुराकानी, प्रत्यक्ष सत्रको रेकर्डिङ, विद्यार्थीको नतिजा ट्रयाकरहरु लगायतका सुविधाहरू रहेका छन् । मोबाइल, ल्यापटप र कम्प्युटरबाट पनि यसको प्रयोग गर्न सकिनेछ । यसको प्रयोगका लागि विद्यार्थीले आफ्नो आइडी र पासवर्ड प्रयोग गर्नुपर्ने कलेजले जनाएको छ ।

यो सफ्टवेयरमा प्रत्येक व्यक्तिगत विषयका लागि फाइल व्यवस्थापन र वाह्य स्रोतका सामाग्रीलाई पनि व्यवस्थापन गर्दछ । समुहगत शिक्षा वा ग्रुप एजुकेशन प्रमोशन, ह्वाइटबोर्ड र कस्टम ह्वाइवोर्ड अप्सनहरू, शिक्षक तथा विद्यार्थीहरूका लागि व्यक्तिगत तथा सामुहिक च्याटरुम, प्रत्यक्ष कक्षाकोठाको रेकर्डिङ, सहकर्मी र आत्ममुल्यांकन तथा सुरक्षा र गोपनियता लगायतका सुविधा पनि रहेका छन् । यसमार्पmत अध्ययन गर्ने विद्यार्थीहरूले कक्षाकोठामै बसेको अनुभव गर्नेछन् ।  कलेजले अरु कोर्षहरुमा पनि नियमित रुपमा एकेडेमिक तथा नन एकेडेमिक अतिरिक्त कोर्षहरु संचालन गर्दै आएको जनाएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।