logo

एक अर्ब २५ करोड रुपैयाँ भ्याट फिर्ता गर्न माग गर्दै ऊर्जामन्त्रीलाई इपानको पत्र 

    1605   पटक पढिएको

२२ आषाढ/अर्थ र व्यापार– स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान)ले निर्माण सम्पन्न जलविद्युत आयोजनालाई दिने भनिएको भ्याट फिर्ता दिन माग गर्दै सरकारलाई औपचारिक पत्राचार गरेको छ । 

इपानले २०६८ साउन देखि २०७४ चैतसम्म निर्माण सम्पन्न भएका ५१ वटा जलविद्युत ५१ वटा जलविद्युत आयोजनाको करिब २५० मेगावाट बराबरका जलविद्युत आयोजनालाई १ अर्ब २५ करोड रुपैयाँ मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता दिन इपानले ऊर्जामन्त्री वर्षमान पुनको नाममा पत्राचार गरेको हो । 

इपानले विगतका मन्त्रीहरुलाई पनि भ्याट छुटको लागि आग्रह गरिएको तर निर्माण सम्पन्न आयोजनाले अहिले सम्म भ्याट छुट नपाएको भन्दै उक्त निर्णयअनुसार भ्याट फिर्ता दिन अनुरोध गरेको छ ।

इपान अध्यक्ष शैलेन्द्र गुरागाईंले २०६७ चैतमा भएको मन्त्रिपरिषदको निर्णय, विभिन्न आर्थिक वर्ष २०७१र०७२ को बजेटमा २०७९र०८० सम्म निर्माण सक्ने आयोजनालाई ५० लाख रुपैयाँ भ्याट छुट दिने र २०७४र०७५ सम्म निर्माण सम्पन्न गर्ने जलविद्युत आयोजनालाई थप १० प्रतिशत भ्याट छुट गरि ५५ लाख रुपैयाँ भ्याट छुट दिने निर्णय गरिएको भन्दै नियम अनुसार पाउने भ्याट फिर्ता गरिदिन इपानले पत्राचार गरेका गरेको छ।

भ्याट फिर्ताको विषयमा अर्थ मन्त्रालय भने सुरुदेखि नै असहमत छ । भ्याट ऐनमा नभएको व्यवस्था कार्य्विधि मार्फत घोषणा गरिएकाले दिन नसकिने तर्क अर्थ मन्त्रालयले गर्दै आएको छ। 

अर्थ मन्त्रालय राजस्व व्यवस्थापन महाशाखा प्रमुख रामशरण पुडासैनीले ‘ऐन कानुनमा नभएको व्यवस्था कार्ययोजना र कार्य्विधि भनेर घोषणा गरिएको थियो‘ । तसर्थ अर्थ मन्त्रालय सुरुदेखि नै यसमा सैद्धान्तिकरुपमा असहमत रहेका कारणले रकम नदिएको बताए । तर यस बिषयमा थप छलफल आवश्यक रहेको पुडासैनीले बताए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।