logo

युनेस्कोे महासंघ नेपालको संयोजनमा प्रधानमन्त्री राहत कोषमा एक लाख प्रदान

    4777   पटक पढिएको

२६ भदौ / अर्थ र व्यापार- नेपाल युनेस्को संघ÷संस्था तथा क्लवहरुको राष्ट्रिय महासंघ नेपालको संयोजनमा प्रधानमन्त्री राहत कोषमा एक लाख रुपैयाँ प्रदान गरिएको छ । ठमेल स्थित ओजि लाउञ्जका सञ्चालकहरुले संकलन गरेको रकम नेपाल युनेस्को संघ÷संस्था तथा क्लवहरुको राष्ट्रिय महासंघका अध्यक्ष आनन्दराज त्रिपाठी,प्रदेश नम्बर ३ का उपाध्यक्ष अनिल सिलवाल,मानार्थ राष्ट्रिय अध्यक्ष डम्बरविर थापा,सदस्यहरु दिनेश बहादुर के.सि, विवेक नेपाल र ओजि लाउञ्जका सञ्चालकहरु दिनेश श्रेष्ठ,निर्मल कुलु र कृष्ण पौडेल र राजु मानन्धरले सोमवार विहान प्रधानमन्त्री निवास वालुवाटारमा सो रकम प्रधानमन्त्री शेरवहादुर देउवालाई हस्तान्तरण गरे ।

रात्रिकालिन व्यवसायि संघका उपाध्यक्ष समेत रहेका दिनेश श्रेष्ठले रात्रीकालिन व्यवसायिहरु प्रति हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन पनि आँफुहरुले कोषमा रकम हस्तान्तरण गरेको वताए । बाढीका कारण देशबासीहरु ठूलो पिडामा परेको हुँदा पिडितहरुको पिडामा थोरै भएपनी राहत पु¥याउन सो रकम हस्तान्तरण गरिएको नेपाल युनेस्को संघ÷संस्था तथा क्लवहरुको राष्ट्रिय महासंघ नेपालका अध्यक्ष आनन्दराज त्रिपाठीले वताए ।
  

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।