logo

नागढुंगामा वैशाखबाट सुरुङ खन्न थालिने, तयारी तीव्र

    1609   पटक पढिएको

३० मंसिर / अर्थ र व्यापार - धादिङको सिस्नेखोलादेखि काठमाडौंको नागढुंगा (दहचोक) सुरुङमार्ग निर्माणको प्रारम्भिक काम सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली असोज ४ गतेसुरुङमार्ग निर्माणको शिलान्यास गरेका थिए ।

पूर्वतयारीको काम लगभग सकिन लागेको आयोजना प्रमुख श्याम खरेलले जानकारी दिए ।
‘धादिङतर्फको भागमा मेसिनहरु लैजान बाटो बनाउने, झाडीहरु फाँडेर सफा गर्ने लगायतका काम सुरु भइसक्यो,’ खरेलले भने, ‘खन्ने काम थाल्न भने अझै केही समय लाग्छ ।’

आयोजनाका लागि आवास गृह र कार्यालय बनाउने लगायतका काम पनि भइरहेको छ । ठेकेदार जापानी कम्पनी ‘हाज्मा आन्दो’ ले सुरुङ खन्नका लागि मेसिनहरु ल्याउने प्रक्रिया अघि बढाएको छ ।

‘मेसिन ल्याउन आयोजनास्तरबाट सडक विभागमा प्रस्ताव पुगेको छ, त्यहाँ भौतिक पूर्वाधार मन्त्रालय हुँदै अर्थमन्त्रालयले स्वीकृत गर्नुपर्छ,’ खरेल भन्छन्, ‘त्यसपछि मेसिनहरु ल्याएर सुरुङ खन्ने काम सुरु गरिनेछ ।’

त्यसका लागि वैशाखसम्म लाग्ने अनुमान छ । खरेलले ठेकेदार कम्पनीले ४२ महिनाको समय पाएको भन्दै कार्यतालिका अनुसार नै काम भइरहेको बताए । ‘यो आयोजना गत नोभेम्बर १४ बाट चालु भयो,’ उनले भने, ‘अब ४१ महिनामा सुरुङमार्ग बनेर सञ्चालनमा आउँछ ।’
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।