logo

भन्सारले मदिरासहित २ करोड १२ लाख रुपैयाँ बराबरको जफत गरिएका सामग्री लिलामी राख्यो

    1603   पटक पढिएको

२१ माघ/ अर्थ र व्यापार - त्रिभुवन विमानस्थल भन्सार कार्यालयले विदेशबाट घर फर्कँदा नेपालीले ल्याएको मदीरा जफत गरेर लिलामीमा राखेको छ । भन्सारले जफत गरेको मदीराको ब्राण्ड भने खुलाएको छैन । इच्छुकहरुले फागुन ६ गतेसम्म मदीरा बोलकबोलमार्फत उठाउन सक्नेछन् । भन्सारले मदीराका साथै आइफोन, यार्सागुम्बा, ट्रेकिङ जुत्ता, मोटर ट्रान्सफरमर, कुर्तासुरुवाल, ड्रोन क्यामेरा, लिथिनियम ब्याट्री, स्मार्ट वाच, कार्बनको मोबाइल, मार्लबोरो चुरोट लिलामीमा राखेको छ । 

मदीराको लिलामी सात वटा लटमा निष्कासन गरेको छ । भन्सारले कुल २ हजार ९ सय १७ बोतल मदिरा लिलामीमा राखेको छ । यसको कुल मूल्य ६१ लाख ६१ हजार ५५८ रुपैयाँ तोकिएको छ । जसले बढि मूल्य हाल्छ उसले मदीरामा दावी गर्न पाउने छ । पहिलो लटमा १७५ बोतल मदिराको आधार मूल्य ३ लाख १६ हजार ३२५ रुपैयाँ कायम गरिएको छ । दोस्रो लटको २६६ बोतलका लागि ५ लाख ६१ हजार ५ सय रुपैयाँ कायम गरिएको छ । तेस्रो लटको ३१७ बोतलका लागि ६ लाख ६३ हजार ७८० रुपैयाँ कायम गरिएको छ ।

चौथो लटको ४६९ बोतलका लागि १० लाख ६५ हजार ४२५ रुपैयाँ आधार मूल्य तय गरिएको छ । पाँचौ लटको ५८४ बोतलका लागि १२ लाख ७३ हजार ६७८ रुपैयाँ मूल्य तय गरिएको छ भने छैठौ लटको ८४१ बोतलका लागि १८ लाख ६२ हजार १७५ रुपैयाँ मूल्य तोकिएको छ । अन्तिम लट २६५ बोतलका लागि ४ लाख १८ हजार ६७५ रुपैयाँ आधार मूल्य तय गरिएको छ ।

आइफोन सिक्स र आइफोन सिक्स प्लस २६ थानको मूल्य ६ लाख २४ हजार तय गरिएको छ । ७२६ ग्राम यार्सागुम्बाको मूल्य ८ लाख रुपैयाँ तय गरिएको भन्सारले जनाएको छ । यसैगरी १४ सय ४० जोर ट्रेकिङ जुत्ताको मूल्य पाँच लाख रुपैयाँ तोकिएको छ । मोटर ट्रान्सफरमर तीन सेटको मूल्य ८ लाख रुपैयाँ र भरेको कुर्तासुरुवाल ९ आइटमको आधार मूल्य ६ लाख ९० हजार रुपैयाँ कायम गरिएको छ ।

इएफटी पिओएस टर्मिनल ५०० थानको मूल्य ७२ लाख रुपैयाँ तोकिएको छ । तीन थान फ्यानटम फोर एडभान्स ड्रोन क्यामेरा, ३६० थान लिथिनियम ब्याट्री, १५ सय ८३ स्मार्ट वाच, कार्बन जम्बो के९ मबाइल १९ सय ८० थान, कार्बन के ८५५ मोबाइ ४०० थान र मार्बबोरो १७ हजार डब्बा चुरोको मूल्य एकमुस्ट ४५ लाख रुपैयाँ तोकिएको छ भने क्रिकेट ह्न्डब्याक १५० थानको मूल्य १० हजार रुपैयाँ तोकिएको छ । भन्सारले मदिरासहित कुल २ करोड १२ लाख रुपैयाँ बराबरको मूल्यांकन गरी जफत गरिएका सामग्री लिलामीमा राखेको हो ।
 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।