logo

भ्रमण वर्ष २०२० : मकवानपुर गढीमा विजय उत्सवको आयोजना हुने

    1267   पटक पढिएको

११ पुस / अर्थ र व्यापार - सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० लाई सफल पार्नका लागि जिल्ला समन्वय समिति मकवानपुरले मकवानपुर गढीमा विजय उत्सव मनाउनेदेखि लिएर इन्द्रसरोवरमा प्याराग्लाइडिङ गर्नेसम्मको कार्यक्रम सार्वजनिक गरेको छ ।

भ्रमण वर्षलाई सफल पार्न समन्वय समितिले जिल्लाको प्रमुख नाका क्षेत्रमा गन्तव्य चिनाउने होर्डिङ बोर्ड राख्ने भएको छ । भ्रमण वर्षलाई सफल बनाउने जिम्मेवारी सबै नेपाली नागरिकको भएकाले सोही अनुसार योजनावद्ध रुपमा कार्यक्रमहरु गर्न लागिएको समितिका प्रमुख रधुनाथ खुलालले बताए ।

कार्यक्रम अनुसार जिल्लामा रहेका अधिकांश पर्यटकिय स्थलको चित्रसहितको ब्रुसर प्रकाशन गर्ने भएको छ । पर्यटकको स्वागतका लागि हेटौंडाको बुद्ध चोक र शहिद स्मारक, मनहरी गाउँपालिकाले लोथर, थाहा नगरपालिकाले टिस्टुङ दामेचौर, इन्द्रसरोवर गाउँपालिकाले हुमाने भञ्ज्याङ र बागमति गाउँपालिकाले झुरझुरेमा होर्डिङ बोर्ड राख्ने भएका छन् ।

भ्रमण वर्ष २०२० को लोगोसहितको टोपी तयार गर्ने, प्रत्येक स्थानीय तहले आफ्नो क्षेत्रमा भएका पर्यटन स्थलहरुमा पुग्ने बाटो सरसफाइ र मर्मत गर्ने, जनवरी १ मा जिससले शहिद स्मारकमा र प्रत्येक स्थानीय तहले आ-आफ्नो स्थानीय तहमै आन्तरिक तथा वाह्य पर्यटकलाई स्वागत कार्यक्रम गर्नेछन् । ऐतिहासिक मकवानपुर गढीमा माघ १० गते विजय उत्सव मनाउने र हेटौंडाको शहिद स्मारकमा माघ १० देखि १६ सम्म शहिद सप्ताह मनाउने कार्यक्रम तय गरिएको समन्वय समितिका प्रमुख खुलालले बताए ।

पर्यटनको आगमनसँगै मुलुक समृद्धिको यात्रामा अघि बढ्ने विश्वास रहेकाले मकवानपुरका होटल व्यवसायीले स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने गरी नेपाली खानाको मेनु सहित तयार गर्ने र भ्रमण वर्ष लक्षित खानामा छुट दिने भएका छन् । होटलसम्म आएका पर्यटकका लागि यातायतको व्यवस्थापन गर्ने निर्णय भएको समन्वय समितिले जनाएको छ ।

हेटौंडा राइडर्स क्ल्बले पर्यटन वर्षलाई सफल बनाउन शनिबार अफरोड च्याम्पियनशीप प्रतियोगिता आयोजना गर्ने छ भने इन्द्रसरोवर गाउँपालिकाले इन्द्रसरोवर ताल माथि प्याग्लाइडिङसहित स्थानीय संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।

समन्वय समितिको पहलमा जिल्लामा रहेका १० स्थानीय तहले प्रदेश सरकारले प्रति स्थानीय तह ३ पर्यटकीय गन्तव्य माग गरेको थियो । स्थानीय तहले जिल्लामा रहेका ३० प्रमुख गन्तव्य प्रदेश सरकारलाई दिएको समितिका प्रमुख खुलालले जानकारी दिए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।