logo

आन्तरिक राजश्व कार्यालयद्वारा ‘पठाओ’लाई ३० लाख रुपैयाँ कर निर्धारण

    2192   पटक पढिएको

९ बैशाख /अर्थ र व्यापार - विगत केही समयदेखि सञ्चालनमा रहेको ‘पठाओ’ ले ३० लाख रुपैयाँ कर तिर्नुपर्ने भएको छ ।बंगालदेशी कम्पनी ‘पठाओ’ एकवर्षदेखि संचालनमा रहेको छ । दुई पांग्रे सवारी सेवा सञ्चालन गर्दै आएको पठाओले यात्रुसँग मूल्य अभिवृद्धि कर असुल गरेपनि सरकारलाई भने कर तिरेको थिएन । आन्तरिक राजश्व कार्यालयले पठाओलाई तत्काल ३० लाख रुपैयाँ कर तिनुैपर्ने गरी निर्धारण गरेको हो ।

राइड सेयर सेवाको रुपमा सञ्चालनमा रहेको पठाओ र टुटल सेवा करको दायरामा नआएको भन्दै लामो समयदेखि विवादमा रहँदै आएको थियो । सेवा सञ्चालन गरिरहेकाहरु कर तिर्नुनपर्ने जिकिरमा थिए भने सरकार जसरी भएपनि कर उठाउने पक्षमा थियो । लामो समयको विवाद पछि आन्तरिक राजश्व कार्यालयले पठाओलाई करको दायरामा ल्याउन लागेको हो । आन्तरिक राजश्व कार्यालयले पठाओ सेवालाई करको दायरामा ल्याउने प्रक्रिया लामै समयदेखि चलेको थियो । त्यसमा ठोस निर्णय भएको छ , उक्त कार्यालयले उल्लेख गरेको छ । प्रारम्भिक रुपमा गरिएको अध्ययनका आधारमा उक्त कराको परिणाम निर्धारण गरिएको हो, आन्तरिक राजश्व कार्यालय स्रोतले भन्यो ।

यसअघि कर कार्यालयले टुटललाई ३ करोड रुपैयाँभन्दा बढी कर तिर्नुपर्ने उल्लेख गरेको छ । भ्याट उठाएर सरकारलाई दाखिला नगरेको कर कार्यालयको भनाई छ । यद्यपी टुटल संचालकले कमिसनमा कर नलगाएर कारोबारमा कर लगाउने काम गरेको बताएका छन् । टुटल सेवा अब भ्याटमा दर्ता हुनुपर्छ र नियमानुसार कर तिर्नु पर्छ, अन्यथा सेवा सञ्चालन गर्न समेत पाइने छैन, आन्तरिक राजश्व कार्यालय स्रोतको भनाइ छ ।

निश्चित रकम भन्दा बढी वार्षिक कारोवार गर्ने जुनसुकै निकायले पनि भ्याटको दायरामा आउँनु पर्छ । सोही आधारमा पठाओलाई करको दायरामा ल्याइएको हो , अब उम्कने ठाँउ छैन ।अहिलेको यातायात ऐन अनुसार रातो नम्बर प्लेटले यात्रु बोक्न पाइदैन । दुवै सेवा प्रदायक कम्पनीले मोबाइल एप्स मार्फत मोटरसाइकल चालक र यात्रुबीच मध्यस्तकर्ताको काम गर्दै आएका छन् । टुटल र पठाओले यात्रु बोक्ने विषयमा विवाद भइरहेको छ । जसको निश्चित प्रतिशत रकम कम्पनीले लिन्छ भने बाँकी मोटरसाइकल चालकले लिने गरेका छन् । अहिले दुवै कम्पनीमा गरेर १० हजारभन्दा बढी मोटरसाइकल चालकले यस्तो काम गर्दै आएका छन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।