logo

नेपाल वायु सेवा निगमको बोइङ ७५७ खरिद गर्न तीन कम्पनी इच्छुक, बेच्न परामर्श सुरू  

    1845   पटक पढिएको

१५ मंसिर / अर्थ र व्यापार - नेपाल वायुसेवा निगमको बोइङ ७५७ (गण्डकी) खरिदका लागि तीनवटा अमेरिकी कम्पनीले चासो देखाएका छन्। निगमले १८ दिनअघि दर्खास्त आह्वान गरेको थियो । खरिदका लागि अमेरिकाका तीनवटा कम्पनीले चासो देखाएको निगमले जनाएको छ।
 
प्रक्रिया पुरा भए तीन साताभित्र बोइङ बिक्री गर्ने योजना छ। ’गत बुधबार तीनवटा अमेरिकी कम्पनीले चासो देखाएको पाएका छौं। खरिद रकमलाई मध्यनजर गर्दै एउटा कम्पनीलाई जहाज बिक्री गर्ने हो,’ निगमका एक पदाधिकारीले भने, ’अहिले हामी त्यसैको नेगोसिएसनको फेजमा छौं।’ अमेरिकाको एभियोन, एमके एभिएसन र सीएसडीएस लगायत कम्पनीले निगमसँग भएको दोस्रो बोइङ ’गण्डकी’ खरिद गर्न चासो देखाएका हुन्।

 नाइन - एनएसीबी कल साइनको उक्त जहाजको सिरियल नम्बर २३८६३ छ भने मोडल बी ७५७ - २एफ ८ सीबी छ। सन् १९८८ मा उत्पादित यो जहाजले ८९ हजार ४ सय ६२ घण्टा उडान गरिसकेको छ।

रोल्स - रोयस इन्जिन भएको उक्त जहाज सात महिनादेखि त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा थन्किएर बसेको छ। निगमले ३० वर्षअघि दुइवटा बोइङ खरिद गरेको थियो। निगमले सन् १९८७ सेप्टेम्बर १९ मा ’कर्णाली’ र दोस्रो बोइङ ’गण्डकी’ सन् १९८८ सेप्टेम्बर १ मा खरिद गरेको थियो।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।