logo

उद्योग विभागले अवैध विदेशी लगानीको विवरण माग्यो, २१ दिन भित्र बुझाउनुपर्ने

    1065   पटक पढिएको

२४ मंसिर / अर्थ र व्यापार - स्वीकृति नलिइ गरिएको विदेशी लगानीबारे सम्बद्ध पक्षसँग उद्योग विभागले जानकारी माग गरेको छ । २१ दिनभित्र जानकारी गराउन विभागले सार्वजनिक सूचना नै जारी गरेको छ। 
राष्ट्र बैंक र उद्योग विभागबाट स्वीकृति नलिई गरिएको लगानीको अवस्था यकिन गर्ने सरकारी रणनीतिअनुसार  विभागले सक्रियता देखाएको हो । जारी सूचनाअनुसार उद्योगीहरूले उद्योगको नाम, ठेगाना, विदेशी लगानीकर्ताको नाम, देश र मिति खुलाएर विभागमा पेश गर्नु पर्नेछ।

नेपालमा स्वीकृति दिने प्रक्रिया सुरू हुनुपूर्व विदेशबाट लगानी ल्याएका उद्योगीहरूले अनिवार्य निवेदन दिन विभागले आग्रह गरेको छ। यसैगरी विदेशी लगानी स्वीकृतिपत्र वा सेयर खरिद(बिक्रीको विवरण पनि पेश गर्नु पर्नेछ।

यस्तै कम्पनी दर्ता प्रमाणपत्र, लगानी भित्रिएको प्रमाणपत्र र अन्य कुनै विवरण भए पेश गर्नु पर्नेछ। उद्योग मन्त्रालयअन्तर्गत गत कात्तिक १६ मा औद्योगिक तथा लगानी प्रवर्द्धन बोर्डले स्वीकृति नलिएका विदेशी लगानीलाई खोज्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार उद्योग मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईको नेतृत्वमा ८ सदस्यीय समिति पनि गठन भइसकेको छ। समितिले पनि छानबिनको काम पनि सुरू गरिसकेको छ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।