logo

थामखर्क विमानस्थल सोमबार उद्घाटन गर्ने तयारी

    1631   पटक पढिएको

२८ माघ /अर्थ र व्यापार – कालोपत्रे सम्पन्न भएपछि खोटाङको थामखर्क विमानस्थल सोमबार उद्घाटन गर्ने तयारी गरिएको छ । कालोपत्रेका विभिन्न चरणका काम सुरु गरिएसँगै २०७३ साल चैत्र १३ गतेदेखि उडान रोकिएको थामखर्क विमानस्थल सोमबार ११ बजे संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री रवीन्द्र अधिकारीले उद्घाटन गर्ने कार्यक्रम छ । 

खोटेहाङ गाउँपालिका–४ बड्कादियालेस्थित विमानस्थल उद्घाटनका लागि प्रतिनिधिसभा सदस्य विशाल भट्टराई, हिरा गुरुङ, प्रदेशसभा सदस्य रामकुमार राई, नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष मदन खरेल, नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक सञ्चिव गौतमलगायतको टोली थामखर्क जाँदैछन् ।

बिहान १० बजेको फ्लाइटबाट मन्त्री अधिकारी थामखर्क पुगेर विमानस्थल उद्घाटन गर्ने तयारी भएको प्रतिनिधिसभा सदस्य भट्टराइले बताए । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने खोटेहाङ, बराहपोखरी, जन्तेढुंगा गाउँपालिका र भोजपुरका केही वडाका सर्वसाधारणले उपयोग गर्ने थामखर्क विमानस्थल कालोपत्रेको काम रौता कन्ट्रक्सनले भ्याटसहित १० करोड ६० लाख ७१ हजारमा पूरा गरेको हो । निर्माण कम्पनी रौता कन्ट्रक्सनले १५ महिनाभित्र पूरा गर्नेगरी २०७३ साल असोज २० गते सम्झौता गरेको थामखर्क विमानस्थल कालोपत्रेका काम २८ महिनामा पूरा भएको नेपाल नागरिक उड्यान प्राधिकरणका इन्जिनियर रत्न श्रेष्ठले बताए  । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।