logo

प्राविधिक शिक्षा अवको आवश्यकता : उपप्रधानमन्त्री श्रेष्ठ

    1788   पटक पढिएको

१ असार/ अर्थ र व्यापार- उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठले महाभुकम्प वाट क्षति भएका ३१ जिल्लाका नौ हजार विद्यालय हरु मध्ये हाल सम्ममा जम्मा एक हजार विद्यालयको मात्र पुर्ननिर्माण भएको वताएका छन । शिक्षाको क्षेत्रमा काम गर्दै आएको संस्था घाँसी नेपालको “घाँसी नेपाल विद्यालय पुर्ननिर्माण अभियानको अनुभव तथा स्मारिका विमोचन” कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले भत्किएका विद्यायलहरुको पुर्ननिर्माण सरकारले जुन गतिमा गर्नुपर्ने थियो, त्यो गतिमा हुन नसकेको स्विकार गरे ।


सामुदायिक विद्यालयहरुको गुणस्तर वृद्धि तथा शिक्षकहरु लाई अनुशाशित र जिम्मेवार बनाउन आँफु गम्भिर रहेको श्रेष्ठले वताए । एक अर्को प्रसंगमा श्रेष्ठले कोरा शिक्षाले नेपाल विकास नहुने भन्दै अवको आवश्यकता प्राविधिक शिक्षा रहेकोले प्राविधिक विद्यालयहरु खोल्नु आजको आवश्यकता रहेको वताए ।

कार्यक्रममा घाँसी नेपालका अध्यक्ष माधव प्रसाद घिमिरेले शिक्षा नै विकासको मुल आधार हो भन्ने अवधारणामा घाँसी नेपालले शिक्षाको क्षेत्रमा काम गर्दै आईरहेको र भुकम्प पछि विद्यालयहरुको पुर्ननिर्माणमा केन्द्रित भएको वताए । घिमिरेका अनुसार भुकम्प पछि घाँसी नेपालले पाँच वटा विद्यालयहरुको पुर्ननिर्माण सम्पन्न गरिसकेको र अन्य निर्माणको चरणमा रहेको वताए ।
कार्यक्रममा पूर्व शिक्षा मन्त्री चित्रलेखा यादव, सांसदद्धय रामचन्द्र पोखरेल र उमेश श्रेष्ठ, चीनका लागी पूर्व नेपाली राजदुत मोहनकृष्ण श्रेष्ठ, महानायक राजेश हमाल लगायतले आफ्नो धारणा राखेका थिए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।