logo

कर तिर्न अटेर गर्ने १८ वटा व्यवसायीयक संस्थाको सूची सार्वजनिक

    1583   पटक पढिएको

१७ चैत्र /अर्थ र व्यापार - कर तिर्न अटेर गरेका विभिन्न १८ वटा व्यवसायीयक संस्थाको सूची सार्वजनिक गरिएको छ । करदाता कार्यालयले आज प्रकाशित गरेको सूचना अनुसार चिनियाँ कम्पनी देखि इटालीको कम्पनी सिएमसीसम्म रहेका छन् ।
नेपालमा पछिल्लो समय बदनामी मात्रै कमाएको चिनियाँ कम्पनी गेजुवाले समेत कर तिर्न अटेर गरेको ठूला करदाता कार्यालयले आज प्रकाशित गरेको सूचनामा उल्लेख छ । चिनियाँ कम्पनी गेजुवाले आयक र नतिरेको भन्दै सो कम्पनीका प्रमुख व्यक्ति थ्यान कङको नाममा सूचना प्रकाशित गरेको छ । तर के कति मात्रामा कर तिर्न हटेर गरेको हो भन्ने बारेमा सूचनामा केही पनि जानकारी दिइएको छैन ।

यस्तै मेलम्ची खानेपानी आयोजना अलपत्र पारेको सिएमसीलाई समेत कर तिर्नका लागि अटेर गरेको भन्दै सूचना प्रकाशित गरिएको छ । सो कम्पनीले तनहुँ सेती जलविद्युत् आयोजना समेत अलपत्र पारेको छ । सो कम्पनीका नेपाल हेर्ने प्रमुख व्यक्ति सालमाटोर कासीउरोलाई कर तिर्न आउन सूचनामा उल्लेख छ । यस्तै नेपाल टोबाकोका प्रकाशचन्द्र सक्सेना, अरनिको आँबु खेरेनी सिमेन्ट प्रालिका सुरेन्द्र तझ्या, अशोक स्टिलका पुनम चन्द अग्रवाल, देवेनरा टे«डिङका नारायणप्रसाद मुन्दडा, नोयल जिएमविएचका डेवेस मण्डल, भैरव फोटो एण्ड मल्ट सप्लायर्सका गोपालबहादुर पोख्रेल, त्रिपुरेश्वर कन्डक्टरका पदमप्रसाद लुइटेल, हिमालयन एयरलाइन्सले समेत आयकर र मूल्यकर समेत नतिरेको पाइएकाले कर तिर्न तोकता गरिएको हो ।

दिवंगत व्यापारी आङ छिरिङ शेर्पाको समेत लगानी रहेको हिमालयन एयरलाइन्सले समेत कर तिर्न अटेर गर्दै आएको छ । कर तिर्न अटेर गर्ने कम्पनी तथा व्यवसायीक फर्मलाई १५ दिनभित्र कर बुझाउन समेत आग्रह गरिएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।