logo

विदेशी पर्यटकको पैसामाथि टानमा चर्को विवाद

    1726   पटक पढिएको

१३ साउन / अर्थ र व्यापार – विदेशी पर्यटकबाट उठेको शुल्क खर्च गर्ने विषयमा ट्रेकिङ्ग एजेन्सी एसोसिएसन अफ नेपाल (टान) भित्र विवाद चर्केको छ । विवादमा कोषाध्यक्ष एकातर्फ छन् भने अध्यक्षसहित अन्य पदाधिकारी अर्कोतर्फ ।

कोषाध्यक्ष लिलाबल्लभ दाहाललाई बाइपास गर्दै अध्यक्ष चन्द्र रिजाल, महासचिव कर्ण लामा र सहकोषाध्यक्ष कृष्णमान श्रेष्ठ मिलेर सनराइज बैंकमा खाता खोलेपछि विवाद चर्केको हो । कोषाध्यक्ष दाहाल यसबिरुद्ध अख्तियार र अदालत जाने योजनामा छन् । विदेशी पर्यटकबाट उठेको पैसामा मनोमानि गर्न यसरी खाता खोलिएको उनको दाबी छ ।

यसअघि कोषाध्यक्षले आवश्यक समय दिन नसकेको भन्दै टानको बोर्डले विधान नै संसोधन गरेको थियो । कोषाध्यक्षको सहमतिबिना खाता खोल्न नपाइने व्यवस्था रहेकोमा त्यसलाई संसोधन गर्दै सहकोषाध्यक्षको संलग्नतामा पनि खाता खोल्न सकिने भनेर व्यवस्था गरिएको छ ।

गत डिसेम्बरमा सम्पन्न ३८ औ बार्षिक साधारणसभाबाट यो बिधान संसोधन गरिएको हो । तर कोषाध्यक्ष दाहाल भने साधारणभामा पेश नै नभएको कुरालाई एकाएक फर्जि हस्ताक्षर गरेर संसोधन गरिएको दावी गर्छन् । टिम्सबाट आएको रकम कर्मचारी खर्च तथा ट्रेकिङका क्रममा ज्यान गुमाउने गाइडहरुको परिवारलाई क्षतिपुर्ति उपलब्ध गराउन प्रयोग गरिन्छ । यो रकम टानले आफ्ना विभिन्न कार्यक्रममा भने खर्च गर्न पाउँदैन ।

टानका पदाधिकारीहरु सबै आफ्नो व्यवसायमा व्यस्त छन् । व्यवसायमा मात्रै नभई उनीहरु राजनीतिमा पनि सक्रिय छन् । यही राजनीतिले अहिले उनीहरुको छाता संगठनलाई पनि गाँजेको छ । अध्यक्ष र महासचिव एमाले र माओबादी पक्षधर हुन् भने कोषाध्यक्ष कांग्रेस पक्षधर ।

नेपाल पर्यटन बोर्डबाट १ करोड २५ लाख टिम्सको पैसा घर भाडा र कर्मचारीलाई तलबका लागी आएको थियो । त्यसबाट करीब ३७ लाख उब्रेको छ । सो रकमलाई अन्य भ्रमण तथा भत्तामा खर्च गर्न आफूलाई दवाव दिइएको कोषाध्यक्ष दाहाल बताउँछन् । अन्यत्र खर्च गर्न नमानेकै कारण अर्को खाता खोलिएको उनको दावी छ ।

साथै बोर्डले टानलाई थप दिनु पर्ने १२ करोड रुपैया आउन लागेको र यो रकमलाई नयाँ खातामा राखेर अध्यक्ष र महासचिवले जथाभावी खर्च गर्ने योजना बनाएको दाहालले बताए ।

टानले पर्यटन क्षेत्र प्रवद्र्धन गर्न विभिन्न कार्यक्रमहरु गर्नुपर्ने हो । तर पछिल्लो समय यस्ता कार्यक्रम खासै आउन सकेका छैनन् । बरु पर्यटन बोर्डले प्रवद्र्धनात्मक कार्यक्रमहरु गर्न नसकेको भन्दै टानका पदाधिकारीहरु कुरा काटिरहेका हुन्छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।