logo

विदेशी पर्यटकको पैसामाथि टानमा चर्को विवाद

    1491   पटक पढिएको

१३ साउन / अर्थ र व्यापार – विदेशी पर्यटकबाट उठेको शुल्क खर्च गर्ने विषयमा ट्रेकिङ्ग एजेन्सी एसोसिएसन अफ नेपाल (टान) भित्र विवाद चर्केको छ । विवादमा कोषाध्यक्ष एकातर्फ छन् भने अध्यक्षसहित अन्य पदाधिकारी अर्कोतर्फ ।

कोषाध्यक्ष लिलाबल्लभ दाहाललाई बाइपास गर्दै अध्यक्ष चन्द्र रिजाल, महासचिव कर्ण लामा र सहकोषाध्यक्ष कृष्णमान श्रेष्ठ मिलेर सनराइज बैंकमा खाता खोलेपछि विवाद चर्केको हो । कोषाध्यक्ष दाहाल यसबिरुद्ध अख्तियार र अदालत जाने योजनामा छन् । विदेशी पर्यटकबाट उठेको पैसामा मनोमानि गर्न यसरी खाता खोलिएको उनको दाबी छ ।

यसअघि कोषाध्यक्षले आवश्यक समय दिन नसकेको भन्दै टानको बोर्डले विधान नै संसोधन गरेको थियो । कोषाध्यक्षको सहमतिबिना खाता खोल्न नपाइने व्यवस्था रहेकोमा त्यसलाई संसोधन गर्दै सहकोषाध्यक्षको संलग्नतामा पनि खाता खोल्न सकिने भनेर व्यवस्था गरिएको छ ।

गत डिसेम्बरमा सम्पन्न ३८ औ बार्षिक साधारणसभाबाट यो बिधान संसोधन गरिएको हो । तर कोषाध्यक्ष दाहाल भने साधारणभामा पेश नै नभएको कुरालाई एकाएक फर्जि हस्ताक्षर गरेर संसोधन गरिएको दावी गर्छन् । टिम्सबाट आएको रकम कर्मचारी खर्च तथा ट्रेकिङका क्रममा ज्यान गुमाउने गाइडहरुको परिवारलाई क्षतिपुर्ति उपलब्ध गराउन प्रयोग गरिन्छ । यो रकम टानले आफ्ना विभिन्न कार्यक्रममा भने खर्च गर्न पाउँदैन ।

टानका पदाधिकारीहरु सबै आफ्नो व्यवसायमा व्यस्त छन् । व्यवसायमा मात्रै नभई उनीहरु राजनीतिमा पनि सक्रिय छन् । यही राजनीतिले अहिले उनीहरुको छाता संगठनलाई पनि गाँजेको छ । अध्यक्ष र महासचिव एमाले र माओबादी पक्षधर हुन् भने कोषाध्यक्ष कांग्रेस पक्षधर ।

नेपाल पर्यटन बोर्डबाट १ करोड २५ लाख टिम्सको पैसा घर भाडा र कर्मचारीलाई तलबका लागी आएको थियो । त्यसबाट करीब ३७ लाख उब्रेको छ । सो रकमलाई अन्य भ्रमण तथा भत्तामा खर्च गर्न आफूलाई दवाव दिइएको कोषाध्यक्ष दाहाल बताउँछन् । अन्यत्र खर्च गर्न नमानेकै कारण अर्को खाता खोलिएको उनको दावी छ ।

साथै बोर्डले टानलाई थप दिनु पर्ने १२ करोड रुपैया आउन लागेको र यो रकमलाई नयाँ खातामा राखेर अध्यक्ष र महासचिवले जथाभावी खर्च गर्ने योजना बनाएको दाहालले बताए ।

टानले पर्यटन क्षेत्र प्रवद्र्धन गर्न विभिन्न कार्यक्रमहरु गर्नुपर्ने हो । तर पछिल्लो समय यस्ता कार्यक्रम खासै आउन सकेका छैनन् । बरु पर्यटन बोर्डले प्रवद्र्धनात्मक कार्यक्रमहरु गर्न नसकेको भन्दै टानका पदाधिकारीहरु कुरा काटिरहेका हुन्छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।