logo

कार्कीले गरिन भावी प्रधानन्यायाधीशमा ६ जनाको नाम सिफारिस 

    1830   पटक पढिएको

२३ जेठ/अर्थ र व्यापार- प्रधानन्यायाधीश सुशीला कार्कीले न्यायपरिषदको बैठक बस्न नसकेपछि भावी प्रधानन्यायाधीका लागि आफैंले नाम सिफारिस गरेर पठाएकी छन् । कार्कीले गत आइतबार प्रधानन्यायाधीश हुन योग्य सर्वोच्च अदालतका छ जना न्यायाधीशको नाम सिफारिस गरेर संवैधानिक परिषदमा पठाएकी हुन । संवैधानिक परिषद्का अध्यक्षलाई सम्बोधन गरी पठाइएको यो सिफारिस पत्र परिषद सचिवालयमा दर्ता भइसकेको छ ।

कार्कीले न्यायाधीश गोपाल पराजुली, दीपकराज जोशी, ओमप्रकाश मिश्र, देवेन्द्रगोपाल श्रेष्ठ, चोलेन्द्रशमशेर राणा र जगदीशप्रसाद शर्मालाई प्रधानन्यायाधीशका लागि सिफारिस गरेकी हुन । कार्कीले आफ्नो सिफारिसमा सबै उम्मेदवारको व्यक्तिगत विवरणसमेत खुलाएकी छन ।

न्याय परिषदको बैठक बसेर त्यहाँबाट नाम सिफारिस गर्ने व्यवस्था भएपनि कार्कीले गत साता बैठक बोलाउँदा न्याय परिषदको सदस्य कोही नआएपछि बैठक बस्न सकेको थिएन । परिषदको बैठक बोलाउन उनले सचिवलाई मौखिक र लिखित निर्देशन दिँदा पनि कोही उपस्थित भएका थिएनन् । त्यसपछि कार्कीले आफैं नाम सिफारिस गरेकी हुन् ।

नेपालको संविधानको बमोजिम प्रधानन्यायाधीश पद रिक्त हुनु भन्दा एक महिना अगावै भावी प्रधानन्यायाधीश पदका लागि नाम सिफारिस गर्नुपर्ने प्रावधान छ । तर यसपटक प्रधानन्यायाधीश पद रिक्त हुनु एक महिना अघिसम्म कसैको पनि तीन वर्ष अवधि पूरा नभएकाले सिफारिस सम्भव नभएको हो । ६५ वर्षीय उमेरहदका कारण प्रधानन्यायाधीश कार्कीले मंगलबार अवकाश पाउँदैछिन् ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।