logo

बजार अनुगमनको नौलो उदाहरण

    1706   पटक पढिएको

२३ जेठ / अर्थ र व्यापार-व्यवसायीसँग मुख्य अनुगमनकारी निकाय आपूर्ति व्यवस्थापन तथा उपभोक्ताहित संरक्षण विभागले अनुगमनका लागि परामर्श लिएको छ । विभागले अनुगमन गर्न तोकेका क्षेत्रसँग सम्बन्धित व्यवसायीसँग आइतबार दिउँसो अनुगमनमा आउन लागेको जानकारी दिँदै आवश्यक छलफल गरेको हो । सोमबार बिहानबाटै विभागले दैनिक ५ टोली बनाएर विशेष अनुगमन गर्दै छ ।

व्यवासायीसँग अनुगमनअघि छलफल गरेर विभागले नौलो उदाहरण देखाएको हो । विभागले सभ्य अनुगमनको संस्कार विकास गर्न व्यवसायीसँग छलफल गरेको दाबी गरे पनि उपभोगत्ता भने खुशी छैनन् । विभागका  महानिर्देशक कुमारप्रसाद दाहालको अनुसार पारदर्शी हिसाबले बजार अनुगमन गर्नु नराम्रो होइन । त्यसैले छापा मारेर होइन, थाहा दिएर अनुगमन गर्नुपर्छ । यद्यपि, अनुगमन टोली पठाउनुपूर्व व्यवसायीसँग छलफल गर्ने र जानकारी दिने विषय कुनै पनि कानुनमा उल्लेख छैन ।

अनुगमनको सूचना व्यवसायीलाई दिँदा आफ्ना गल्ती लुकाउने मौका पाउँछन् र अनुगमन टोली पुग्दा क्षणिक अवधिलाई सबै कैफियत मेटाउने सम्भावना रहन्छ । कैफियत भेट्दा पनि प्रभावकारी कारबाही गर्न नसकेको विभागले व्यवसायीलाई जानकारी दिँदा कैफियत नै देख्न नसक्ने छ । व्यवसायीलाई थाहा दिँदा अनुगमनका माध्यमबाट प्रतिस्पर्धा कायम राख्ने र बजार शुद्धीकरण गर्ने जुन लक्ष्य हुन्छ, त्यो प्राप्त गर्न पनि सकिँदैन । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।