logo

विश्वविख्यात सन्त सुधांशु जी महाराज नेपालमा

    4596   पटक पढिएको

२ असार / अर्थ र व्यापार- विश्वविख्यात सन्त एवं विश्व जागृति मिसनका संस्थापक सुधांशु जी महाराज पशुपतिनाथ दर्शनका लागी नेपाल आएका छन । उनका विश्वभर २३ भन्दा वढि देशमा लाखौंको संख्यामा अनुयायीहरु रहेको वताईन्छ । उनको नेतृत्वमा भारतको आनन्दधाम आश्रमले गरिव र अनाथ बच्चाहरुलाई निशुल्क शिक्षा र स्वास्थ्य प्रदान गर्दै आइरहेको छ ।

उनीसंगै उनकी जेठी छोरी तथा प्रख्यात योग गुरु डा.अर्चिका पनि नेपाल आएकी छन । डा.अर्चिकाले यहि जुन १६ देखि २६ सम्म कैलाश मानसरोवरको यात्रा गर्नेछिन । उनले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा जुन २१ म कैलाशमा योग शिविर समेत सञ्चालन गर्ने जनाईएको छ ।

विश्वविख्यात सन्त सुधांशु जी महाराज,डा.अर्चिका लगायतको समुहलाई पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझि,राष्ट्रिय सभा सदस्य खिमलाल भट्ट्राई तथा उनीहरुको यात्रा व्यवस्थापन गरिरहेको सम्राट ट्राभल एण्ड टुर्स प्रा.लि.का अध्यक्ष मुक्तिराम पाण्डेले स्वागत गरे । कार्यक्रममा बोल्दै पूर्व उपप्रधानमन्त्री रायमाझिले नेपाल भारत सम्बन्ध निकै पुरानो भएको र यसलाई समयानुकुल अझ विकसित गर्नुपर्ने वताए । नेपाल अव शान्ति,विकास र सम्बृद्धिको वाटोमा अघि वढिरहेको वताउँदै रायमाझिले यसमा भारतको सहयोग आवश्यक रहेको समेत वताए ।

उनीहरुलाई स्वागत गर्न आयोजित कार्यक्रममा सुधांशु जी महाराजले हिमालयको देश नेपाल विश्वकै मुकुट रहेको वताए । भगवान शिव र जानकी माताको समेत जन्मस्थल भएको वताउँदै उनले नेपाल र पशुपतिनाथको दर्शन गर्न पाउँदा आँफुलाई गौरवको अनुभुति भएको वताए ।

उनीहरुको यात्रा व्यवस्थापन गरिरहेको सम्राट टुर्स एण्ड ट्राभल्सका प्रमुख कार्यकारी अधिकृत तथा नाट्टाका अध्यक्ष सि.एन.पाण्डले महाराजको नेपाल र पशुपतिनाथको दर्शनले विश्वभर नेपालको सन्देश जाने र आगामी दिनमा नेपाल घुम्न आउने धार्मिक पर्यटकहरुको संख्या वढ्ने अपेक्षा व्यक्त गरे । यसले गर्दा सन् २०२० को नेपाल भ्रमण वर्षलाई समेत सहयोग प¥याउने पाण्डले वताए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।