logo

व्यापार प्रवद्र्धनको लागी बनाईएको सूचना पोर्टलको काम ९५ प्रतिशत सकियो

    1666   पटक पढिएको


२१ कात्तिक/अर्थ र व्यापार- सरकारले व्यापार प्रवद्र्धन तथा सहजीकरणको लागी बनाएको सूचना पोर्टलको काम ९५ प्रतिशत सकिएको छ ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले गत वर्षनै सफ्ट लन्च गरेको एकद्धार सुचना पोर्टल अब केही समय भित्रै पूणर् रुपमा लन्च गर्ने तयारी गरेको छ । 

नेपाल ट्रेड पोर्टल डट जीओभी इन्टरनेट ठेगानामा गत वर्षदेखीनै केन्द्रले एकद्वार सूचना केन्द्रको सुरुआत गरेको थियो ।

केन्द्रका कार्यकारी निर्देशक शरदबिक्रम राणाले सबै नयाँ तथ्याङ्क र विवरणसहितको सूचना पोर्टलको निर्माण भइसकेकोे बताए ।

केन्द्रका निर्देशक राणाले स्वदेशमा उत्पादीत वस्तुको अन्तर्राष्ट्रिय बजार तथा विदेशमा उत्पादित वस्तुको नेपालमा व्यापार गर्न चाहिने सबै सूचना उक्त प्रणालीमा समेटिएको जानकारी दिए ।

मुस्ताङमा स्याउ फलाउने किसान र उनको स्याउको गुणस्तरबारे सम्पूणर् विवरण पोर्टल मार्फत क्यानडाको स्याउ आयातकर्ताले जान्न सक्ने राणाले बताए ।

यस्तै नेपालमा कुन वस्तु कस्ले आयात गर्छ, नेपालबाट कुन-कुन वस्तु कुन-कुन मुलुकमा निर्यात हुन्छ भन्ने जानकारी पनि एकीकृत विन्डोमा समावेश गरिएको छ ।

कुनै पनि मुलुकबाट आयात व्यावसाय गर्ने व्यापारी, वस्तु उत्पादन गर्ने कृषक तथा उद्योग लगायतको सम्पूणर् विवरणसहितको प्रोफाइल पनि उक्त पोर्टलमा समावेश गरीएको छ ।

सरकारले निशुल्क उपलब्ध गराएको उक्त प्लेटर्फमको प्रयोग गर्ने उद्योगी, व्यवसायीहरुको  सहभागिता उल्लेख्य हुन नसकेको केन्द्रले जनाएको छ । निर्माणाधीन

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।