logo

अब भारतमा सीए पढे नेपालमा अमान्य हुने

    1749   पटक पढिएको

२१ असार / अर्थ र व्यापार – चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान) ले भारतमा चार्टर्ड एकाउन्टेन्ट (सीए) अध्ययन गरे मान्यता नदिने निर्णय गरेको छ । निर्णय कार्यान्वयनमा आए गुणस्तरीय शिक्षाबाट नेपाली विद्यार्थी वञ्चित हुने ठानिएको छ । एक वर्षपछि (२०७५ साउन १ देखि) भारतमा पढेकाले नेपालमा सीएको मान्यता पाउने छैनन् ।
आइक्यान लेखापरीक्षकको नियामक र अन्यायिक निकाय हो । सरकारी प्रतिनिधिसहित ६ जना सदस्यले लिखित असहमति (नोट अफ डिसेन्ट) जनाए पनि बहुमतबाट यस्तो निर्णय भएको हो । चार्टर्ड एकाउन्टेन्ट १०, रजिष्टर्ड अडिटर ४ र सरकारी प्रतिनिधि ३ गरी १७ जनाको आइक्यान बोर्ड हुन्छ । अर्थ मन्त्रालय, महालेखा परीक्षक र महालेखा नियन्त्रक कार्यालयका एक एकजना प्रतिनिधिले आइक्यानमा प्रतिनिधित्व गर्छन् ।
भारतमा सीए पढ्न जानेको लर्काेका कारण देशभित्रका शिक्षण संस्थाले पर्याप्त विद्यार्थी पाउन नसकेपछि तिनकै प्रभावमा बिना अध्ययन, गैरजिम्मेवमर निर्णय गरिएको आरोप कतिपय सीएले लगाएका छन् । आइक्यानले भारतीय चार्टर्ड एकाउन्टेन्सी संस्था (आईसीएआई) ले नेपालमा पढेका सीएलाई मान्यता नदिएको कारण जनाई यस्तो निर्णय गरेको हो । दुई देशबीचका संस्थाबीच एकअर्का देशमा पढेका सीएलाई मान्यता (म्युचुअल रिकग्निसन) दिने प्रचलन छ । नेपालले यस्तो मान्यता दिए पनि भारतले नेपालमा पढेका सीएलाई मान्यता दिएको छैन । आइक्यानले एकतर्फी मान्यता दिने अन्तराष्ट्रिय प्रचलन नभएको भन्दै यस्तो निर्णय गर्नुपरेको छ ।
संस्थाले यस्ता विषय दुवै संस्थाबीच पारस्परिकताका आधारमा निर्धारण गरिने भए पनि यस्तो हुन नसकेकाले निर्णय लिन बाध्य भएको उल्लेख गरेको छ । आइक्यान र आईसीएआई बीच म्युचुअल रिकग्निसन एग्रिमेन्ट (एमआरए) का लागि २७ जेठमा बैठक बसेको थियो । त्यसमा आईसीआईले एमआरएका लागि सकारात्मक रहेको सन्देश दिएको थियो । तैपनि आइक्यानले भारतीय समकक्षी संस्थाको निर्णय नपर्खी निर्णय लिएको छ ।
आइक्यानले आवश्यक र योग्य सीए यत्पादन गर्ने पुर्वाधार देशभित्रै तयार भइसकेको उल्लेख गरेको छ । देशमै सीए उत्पादन गर्न सक्षम रहेको अवस्थामा पनि बर्सैनी ठुलो धनराशी बाहिरिएकाले पनि यसलाई रोक्नुपर्ने संस्थाको जिकिर छ । सीएको नेपालको पाठ्यक्रमलाई परिमार्जन गर्दै लगेको र परिमार्जित पाठ्यक्रम आईसीएआईले जारी गरेको पाठ्यक्रमसँग फरक पर्ने समेत कारणमा उल्लेख गरेको छ ।
नेपालको सीए पाठ्यक्रमले अहिलेसम्म अन्तराष्ट्यि मान्यता पाएको छैन । भारतको सीए पाठ्यक्रमले विश्वका सबैजसो देशमा मान्यता पाइसकेको छ । यस्तो अवस्थामा नेपालको सीए शिक्षा कति प्रभावकारी र योग्य छ भन्ने प्रश्न उब्जिएको छ । गुणस्तरीय शिक्षाका लागि नेपाली विद्यार्थी भारत जान बाध्य छन् । नेपाल भारतबीच एमआरए नभएको विषय साउथ एसिया फेडेरेसन अफ एकाउन्टेन्स (एसएएफए) मा समेत छलफल भइसकेको थियो । 
निर्णय कार्यान्वयन भए भारतका साथै सार्क सदस्य देशसँगको एमआरएसमेत गुम्न सक्ने छ । अध्ययन नै नगरी भएको निर्णयले कस्ता समस्या ल्याउन सक्छ भन्ने आँकलन गरिएको छ । लेखापरीक्षकको नियामक तथा अर्धन्यायिक निकाय आइक्यानले ६ सदस्यको लिखित असहमति भए पनि बहुमतबाट यो निर्णय लिएको हो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।