logo

इँटा उद्योगको मापदण्डमा कडाइ गर्ने तयारी

    2013   पटक पढिएको

२० असार / अर्थ र व्यापार – इँटा उद्योगले प्रदूषण बढाउन थालेपछि उद्योगको मापदण्डमा कडाइ गर्ने तयारी गरिएको छ । इँटा उद्योगबाट मानव स्वास्थ्यमा पर्ने गम्भीर असरलाई न्यूनीकरण गर्न मापदण्डमा कडाइ गर्न लागिएको हो । इँटा उद्योगबाट निस्कने धुवाँधुलोबाट मानव स्वास्थ्यमा दीर्घकालीन रोग निम्तिने खतरा हुने भएकाले मापदण्डलाई विस्थापित गरी नयाँ मापदण्ड ल्याउने तयारी गरिएको हो ।

सरकारले १३ फागुन ०६४ मा इँटा उद्योगको मापदण्ड ल्याएको थियो । पुरानो मापदण्डबाट प्रदूषण घट्न नसकेपछि पुनः अर्को मापदण्ड ल्याउने तयारी भइरहेको छ । नयाँ मापदण्ड देशैभरका इँटा उद्योगलाई लागू हुने छ । 

प्रदूषण घटाउन उद्योग मन्त्रालयसहित स्वास्थ्य, सहरी विकास, श्रम तथा रोजगार, भौतिक पूर्वाधार छलफल गरेपछि अन्तिम रूपमा दिइने भएको छ । हाल देशभर ८ सयभन्दा बढी इँटा उद्योग छन् । काठमाडौँ उपत्यकामा मात्रै १ सय १० भन्दा धेरै उद्योग सञ्चालनमा छन् ।

काठमाडौँ उपत्यकामा इँटा उद्योगले मात्र ९ प्रतिशत प्रदूषण बढाउने गरेका छन् । इँटा उद्योगहरू पुरानो प्रविधिमा आधारित भएकाले धेरै प्रदूषण हुने गरेको हो । कार्ययोजनामा निर्माण सामग्रीबाट ४२ प्रतिशत, यातायत क्षेत्रबाट ३१ प्रतिशत र अन्य क्षेत्रबाट १८ प्रतिशत प्रदूषण हुने गरेको छ । तर, तत्काल ८० प्रतिशतभन्दा धेरै प्रदूषण नियन्त्रण गर्न सकिने खालको रहेको छ ।

चिम्नीमा पंखा भएका इँटा उद्योगले २ सय ५० मिलिग्राम प्रतिघनमिटर भन्दा कम धुवाँ फाल्नुपर्ने र चिम्नीको उचाइ कम्तीमा १७ मिटरभन्दा माथि हुनुपर्ने छ । चिम्नीमा पंखा नभएका इँटा उद्योगमा ५ सय मिलिग्राम प्रतिघनमिटरभन्दा कम धुवाँ फाल्नुपर्ने र चिम्नीको उचाइ ३० मिटरभन्दा धेरै हुनुपर्ने छ । 

भर्टिकल सफ्ट ब्रिक किल्न (भिएसबिके) चिम्नीमा २ सय ५० मिलिग्राम प्रतिघनमिटरभन्दा कम धुवाँ फाल्नुपर्ने र चिम्नीको उचाइ १५ मिटरभन्दा धेरै हुनुपर्नेछ । हाइब्रिड होफमान किल्न (एचएचके) चिम्नीमा २ सय मिलिग्राम प्रतिघनमिटरभन्दा कम धुवाँ फाल्नुपर्ने र चिम्नीको उचाइ धेरैमा ७ मिटरभन्दा धेरै हुनुपर्नेछ । टनेल किल्न चिम्नीले १ सय मिलिग्राम प्रतिघनमिटरभन्दा कम धुवाँ फाल्नुपर्नेछ भने, चिम्नीको उचाइ १० मिटरभन्दा धेरै हुनुपर्नेछ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।