logo

नेपाली कम्पनीले अन्तशुल्क स्टीकर छपाईमा प्राविधिक क्षमता नभएकोले विदेशमा छापिएको दाबी

    1671   पटक पढिएको

 २१ मंसिर/ अर्थ र व्यापार - सरकारले नेपाली कम्पनीले  अन्तशुल्क स्टीकर छपाईमा प्राविधिक क्षमता नभएकोले विदेशमा छापिएको दाबी गरेको छ । एउटा मदिराको बोतलमा सरकारले ३६०० देखि ४ हजार रूपैयाँसम्म राजस्व संकलन गर्ने भएकाले सुरक्षा संवेदनशीलतालाई ध्यान दिएर विदेशमा स्टीकर छापिएको स्पस्ट पारेको हो । राजस्व सचिव शिशिरकुमार ढुंगानाले पाँच पटक ग्लोबल टेन्डरमार्फत अन्तशुल्क स्टीकर छपाइ गरिरहेको जानकारी दिए । उनले प्रत्येक पटक छपाइ गर्दा सुरक्षाका नयाँ विशेषता थप गर्दै गइरहेको र समय सापेक्ष बनाइएको जानकारी दिए । सरकारले आयकरबाहेक वार्षिक करिब ६५ अर्ब रूपैयाँ राजस्व मदिराबाट प्राप्त गर्ने भएकाले सुरक्षित मुद्रणलाई ध्यान दिइएको उनले जानकारी दिए ।

सरकारले २२ अर्ब रूपैयाँ लगानीमा सुरक्षण मुद्रण स्थापना गर्न लागेको र त्यसअघि कसैले पनि सुरक्षण मुद्रणको अधिकार प्रयोग गर्न नपाउने ढुंगानाले जानकारी दिए । अन्तर्रा्ष्ट्रिय प्रतिस्पर्धात्मक व्यवस्थाअनुसार सरकारले स्टीकर छपाइ गरिरहेको र क्षमता पुग्ने नेपाली छपाई कम्पनीले पनि यसमा भाग लिन सक्ने जानकारी दिए । कानुनी व्यवधानका कारणले स्टीकर छपाईमा ढिलाइ भए आफूहरूले मदिरा उत्पादकले स्टिकर नपाउने अवस्था आउन सक्नेतर्फ उनले सचेत गराए । इन्टरग्राफ लगाइएका स्टीकर पनि नक्कली भेटिएको भन्दै उनले सुरक्षा संवेदनशीलतामा सम्झौंता गर्न नसकिने उल्लेख गरे ।

संसदको सार्वजनिक लेखा समितिको बैठकमा आन्तरिक राजस्व विभागका महानिर्देशक विष्णुप्रसाद नेपालले मुद्रण विभागबाट छापिएका स्टीकरमा समस्या देखिएको र त्यो विषय राष्ट्रिय चासोको विषय बनेकाले आफूहरूले सुरक्षालाई सधैं प्राथमिकता दिएको बताए । सुरक्षा संवेदनशीलतालाई हेरेर सुरुमा मदिराको कार्टुनमा स्टीकर टाँस्ने व्यवस्था गरेकोमा अहिले प्रत्येक बोतलमा लगाउनुपर्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।

विभागको अनुभवले भारतमा छापिएका स्टीकर सबैभन्दा कमजोर देखिएको उनले बताए । मदिरा, चुरोट र सुर्तीजन्य वस्तुबाट विभागले उठाउने मध्ये एक चौथाई राजस्व संकलन गर्ने भएकाले गम्भीरतापूर्वक हेरिएको नेपालले बताए । सरकारले अन्तशुल्क स्टिकर छाप्न सुरक्षाको मापदण्ड पूरा गर्न स्वदेशी कम्पनीलाई नै प्रयोग गर्न सक्ने पनि उनले जानकारी दिए । विभागले मौज्दातलाई ध्यानमा राखेर छपाइका काम गरिरहेको उनले बताए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।