logo

धादिङको सिमलडाँडा आधारभुत विद्यालयलाई चारकोठे पक्की भवन हस्तान्तरण

    1846   पटक पढिएको

१३ फाल्गुण / अर्थ र व्यापार- गणेश हिमाल सामुदायिक प्रतिष्ठानको अग्रसरतामा धादिङको सिमलडाँडा आधारभुत विद्यालयमा निर्माण गरिएको चारकोठे पक्की भवन विद्यालयलाई हस्तान्तरण गरिएको छ । प्रतिष्ठानका अध्यक्ष शिवहरि रिजाल र त्यसमा सहयोग गर्ने विदेशी नागरिकहरुले खनियावास गाउँपालिका वडा नम्बर ५ स्थित सिमलडाडा गाउँमा रहेको सिमलडाडा आधारभुत विद्यालयलाई ४ कोठे भुकम्प प्रतिरोधि पक्की भवन शुक्रवार हस्तान्तरण गरे ।

विद्यालय हस्तान्तरण कार्यक्रममा खनियावास गाउँपालिकाका प्रमुख, उप–प्रमुख, वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिको उपस्थिति रहेको थियो । धादिङ जिल्लाको खनियाबास गाउपालिका सत्यदेवीमा जन्मेका गणेश हिमाल सामुदायिक प्रतिष्ठानका अध्यक्ष युवा पर्यटन व्यवसायि शिवहरि रिजालले सो क्षेत्रमा विभिन्न सामाजिक कार्यहरु गर्दै आएका छन । युरोपको ग्रीनकाड छोडेर आफ्नै जन्मभुमीमा केहि गर्ने उद्देश्यले सन् २०११ मा नेपाल फर्किएका रिजालले नेपाली युवाहरूलाई नेपालमै  रोजगार दिनुपर्छ भन्ने उद्देश्यले नेपालको पर्यटन क्षेत्रमा आई व्यवसाय सुरु गरेको वताए ।

बाल्यकालमा आफुले भोग्नुपरेका जस्ता समस्याहरु अबका बालबालिहरुले भोग्नु  नपरोस भन्ने उद्देश्यले गणेश हिमाल सामुदायिक प्रतिष्ठानले विद्यालयको निर्माणमा अग्रसरता देखाएको रिजालले वताए । प्रतिष्ठानले खनियावास गाउँपालिकामा रहेको विभिन्न आधारभुत विद्यालयहरुमा कम्प्युटर, लाइब्रेरी, खेलकुद लगायतका सामाग्रीहरु प्रदान गर्नुका साथै गरिब,टुहुरा, जेहेन्दार विद्यार्थीहरुलाई कापीकलम, विद्यालय पोशाक लगायत अन्य शैक्षिक सामग्रीहरु पनि हस्तान्तरण गर्दै आएको रिजालले वताए ।

विं.सं.२०७२ मा गएको बिनाशकारी भुकम्पको बेला रिजालकै अग्रसरतामा प्रतिष्ठानले स्थानीय जनतालाई अति आवश्यक खाद्यान्नको साथै प्राथमिक स्वास्थ्य शिविरको समेत आयोजना गरेको थियोे । त्यसैगरि प्रतिष्ठानले नै सोहि गाउँपालिकामा रहेको विनाशकारी भुकम्पका कारण भत्किएको श्री स्थानीय भुमे आधारभुत विद्यालयलाई  ५ कोठाको भुकम्पप्रतिरोधी भवन निर्माण गरि गत वर्ष विद्यालयलाई हस्तान्तरण गरेको थियो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।