logo

पहिलो चौमासमा साढे ६ अर्बको सवारी साधन भित्रियो

    1698   पटक पढिएको

२३ मंसिर/अर्थ र व्यापार– वीरगञ्ज नाकाबाट चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो चौमासिक अवधिमा साढे ६ अर्ब ५५ करोड रुपियाँ बराबरका सवारी साधन भित्रिएको छ ।

वीरगञ्ज भन्सार अधिकृत रमेश सुकमनीले चालु आवको पहिलो चौमासमा सबै खालका सवारी साधनको आयातमा उल्लेख्य कमी आएको बताए ।

अधिकृत सुकमनीका अनुसार गत वर्षको पहिलो चौमासको तुलनामा यो वर्ष गाडी आयात करीब ४ अर्ब रुपियाँले घटेकोे जानकारी दिए । गत आर्थिक वर्षको पहिलो ४ महीनामा १० अर्ब ४४ करोड रुपियाँ मूल्यबराबरका गाडी भित्रिएको थियो ।

वीरगञ्ज नाकाबाट चालु आवमा १३ प्रकारका सवारी साधन आयात भएकोमा सबै प्रकारको साधनको आयात १६ देखि ९७ प्रतिशतसम्म घटेको भन्सारको तथ्यांकले देखाएको छ ।

अघिल्लो वर्षको पहिलो ४ महीनामा २ हजार ९२२ ओटा जीपकार भ्यान भित्रिएका थिए । यो वर्ष १ हजार ५१० ओटामात्र भित्रिएको छ ।

यो बर्षको पहिलो चौमासमा मोटरसाइकल आयातमा पनि २७ प्रतिशत घटेको छ । यो वर्ष २१ हजार मोटरसाइकल आयात भएको छ । यो संख्या अघिल्लो वर्ष ३३ हजार ४२२ थियो ।

यस्तै, ट्रक र मिनी ट्रकको आयात पनि घटेको छ । गत वर्ष साउनदेखि कात्तिकसम्ममा ४६८ ओटा यस्ता साधन आयात भएकोमा यो वर्ष २८२ मा खुम्चिएको छ ।

अघिल्लो वर्ष ४ महीनामा ९९ ओटा मिनी बस आयात भएकोमा यो वर्ष ५ ओटामात्र आएको भन्सारको तथ्यांकले देखाउँछ ।

सरकारले महँगा गाडी आयातमा लिएको नीतिगत कडाइ, ऋण सीमा र कोरोना संक्रमणका कारण देखिएको बजार मन्दीका कारण गाडी आयात घटेको हो । 


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।