logo

सरकारले भेट्यायो ७ खर्ब ३० अर्बको राजस्व संकलनको लक्ष्य

    1880   पटक पढिएको


१ साउन/अर्थ र व्यापार– विभिन्न समस्याको बावजुत सरकारले आर्थिक बर्ष ०७४/७५ मा ७ खर्ब ३० अर्बको राजस्व संकलनको लक्ष्य भेट्याएको छ । 

७ खर्ब ३० अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्यसहित चालु आर्थिक वर्षको बजेट ल्याइएको थियो । करका दर परिवर्तन नगरी बजेट ल्याइएकाले अघिल्लो वर्ष विस्तारित आधारभित्रै रहेर २९.३ प्रतिशत राजस्व बढाउने लक्ष्य भेट्याउन चुनौतीपूर्णनै थियो । 

सेवा प्रदायक नेपाल टेलिकम र नियामक नेपाल दूरसञ्चार प्राधिकरणले सरकारी अनुमानअनुसार राजस्व बुझाउन सकेनन् । सरकारले आर्थिक वर्ष २०७४/०७५ को अन्तिम तीन महिनामा नेपाल टेलिकमबाट २ अर्ब ५० करोड रूपैयाँ राजस्व प्राप्त हुने अनुमान गरेको थियो । तर, टेलिकमले अन्तिम किस्तास्वरूप १ अर्ब ५० करोड रूपैयाँ मात्रै राजस्व बुझाएको छ। 

यता आर्थिक वर्षको अन्तिममा नेतृत्व विहीन भएको नेपाल दूरसञ्चार प्राधिकरणले पनि सरकारलाई राजस्व बुझाउन सकेन । प्राधिकरणबाट ३ अर्ब रूपैयाँ राजस्व प्राप्त हुने सरकारको अनुमान थियो। नेतृत्व नभएको भन्दै उसले राजस्व नबुझाएको आन्तरिक राजस्व विभाग स्रोतले जनाएको छ । प्राधिकरणले गैरकर र कर राजस्व दुवै सरकारलाई बुझाउनुपर्ने भएपनि वर्षको अन्तिममा अध्यक्ष दिगम्बर झा बर्खास्तीमा परेपछि नेतृत्वविहीन भएकाले कर बुझाएन् । 

राजस्व संरचनामा ठुलो हिस्सा राख्ने ठुला करदाता कार्यालयले लक्ष्यअनुसारको राजस्व संकलन गर्न नसकेको स्रोतले बतायो । यो कार्यालयलाई ३० अर्ब रूपैयाँ राजस्व संकलनको लक्ष्य दिइएकोमा २८ अर्ब २० करोड रूपैयाँ संकलन गरेको आन्तरिक राजस्व विभागका ती अधिकारीले जानकारी दिए ।

ठुला करदाता कार्यालयले लक्ष्य भेट्न नसक्दा विभाग अन्तर्गतको असुली प्रभावित बनेको हो । यता भन्सारतर्फ सोमबार १ अर्ब रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा १ अर्ब ८५ करोड रूपैयाँ संकलन भएको छ । यसले भन्सारको लक्ष्य भेटेको अनुमान गरिएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।