logo

रेबान अध्यक्षले नै तोडे सेवा शुल्क हटाउन गरेको निर्णय

    1429   पटक पढिएको

१६ माघ/ अर्थ र व्यापार - रेष्टुरेण्ट एण्ड बार एशोसिएसन रेबान काठमाडौ, पोखरा र सौराहले रेष्टुरेन्टहरूमा ग्राहकहरूमाथि लगाउँदै आएको दश प्रतिशत सेवा शुल्क हटाउन गरेको निर्णय एकदिनैमै तोडिएको छ । पोखरा रेबानका अध्यक्षकै होटलले दश प्रतिशत सेवा शुल्क लिएको पाईएको छ ।

माघ १४ गते सोमबार काठमाडौंमा सम्पन्न रेष्टुरेण्ट एण्ड बार एशोसिएसन नेपाल, रेबान (काठमाडौ, पोखरा र सौराह) को भेलाले रेष्टुरेन्ट तथा बारहरुमा लगाउदै आएको सेवा शुल्क हटाउने निर्णय गरेको थियो ।तर निर्णय गरेको भोलिपल्टै पोखरा रेबानका अध्यक्ष भिमसेन भुजेलको होटल रानीवन आर्केडले भने सेवा शुल्क लिने गरेको भेटिएको छ । ग्राहकहरुको असन्तुष्टिलाई सम्बोधन गर्दै गुणस्तरीय सेवा दिने प्रतिबद्धता जनाएपनि पोखरा रेबानका अध्यक्षले आफैले हस्ताक्षर गरेको सहमति पालना नगरेको पाइएको हो ।

१२ बर्षअघि शान्ति प्रक्रियामा आएको तत्कालीन माओवादी र अन्य मजदुर संगठनको दबावमा सन २००६ मा होटेल एशोसिएसन र ट्रेड युनियनबीच ग्राहकबाट अनिवार्य रूपमा १० प्रतिशत सेवा शुल्क उठाउने निर्णय भएको थियो । यसरी आउने सेवा शुल्कमध्ये ६८ प्रतिशत सेवा दिने मजदूर र ३२ प्रतिशत रेष्टुरेण्ट मालिकले पाउने गरेका थिए ।

बिभिन्न उपभोक्ताबादी संघ सस्थाहरूको दवाबमा रेष्टुरेण्ट एण्ड बार एशोसियसन ( रेवान)ले शुल्क हटाउने निर्णय गरेपनि यता मजुदरहरुले भने विरोध गरेका छन् । उनीहरूले निर्णय नसच्चिए काम बन्द गर्नेसम्म चेतावनी दिइसकेका छन् । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।