logo

रसुवागढीमा सुक्खा बन्दरगाह निर्माणका लागि सम्झौंतापत्रमा हस्ताक्षर

    1209   पटक पढिएको

३० बैशाख /अर्थ र व्यापार - सुक्खा बन्दरगाह निर्माणका लागि सम्झौंतापत्रमा हस्ताक्षर भएको छ । निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनीका तर्फबाट प्रोजेक्ट मेनेजर याङ  र नेपाल इन्टरमोडल यातायात विकास समितिका उपनिर्देशक हरेकृष्ण मिश्रले सम्झौतापत्रमा आइतबार हस्ताक्षर गरे । कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा नेपालस्थित चीन सरकारको कन्सुलर कार्यालयका प्रतिनिधीहरुको उपस्थिति थियो । चीनले यो बन्दरगाह निर्माणका लागि तिब्बत फुली कन्स्ट्रक्सन ग्रुप कम्पनीलाई छनौंट गरेको छ ।

समितिका इन्जिनियर प्रमोद आचार्यका अनुसार अब कम्पनीले साइट क्याम्प राखेर काम सुरु गर्नु अघिका तयारी गर्नेछ । एक महिनाभित्र निर्माण सुरु गर्ने उनले बताए । यो बन्दरगाह चीनको आर्थिक र प्राविधिक सहयोगमा निर्माण हुन लागेको हो । चिनियाँ युआन १२ करोड ४० लाख लागतमा निर्माण हुनेछ । सीमा नाकाबाट करिव साढे दुई किलोमिटरमा यो बन्दरगाह पर्छ । रसुवा जिल्लाको टिमुरे गाविसमा करिव ५ हेक्टर क्षेत्रफलमा बन्दरगाह निर्माण गर्न लागिएको हो । समितिका अनुसार ३ सय ५० वटा ठूला ट्रक तथा कार अट्ने पार्किङस्थल निर्माण हुनेछ ।

करिव ५ हजार वर्ग्मिटरमा ५ तले जाँचपास भवन निर्माण हुनेछ । करिव ७ सय ५० वर्गमिटरमा पार्किङ क्षेत्र तथा  कुल २ हजार ८० वर्गमिटरमा दुईवटा जाँचपास कक्ष, कार्गो गोदाम सहितका संरचना हुनेछन् । सुख्खा बन्दरगाह निर्माणका लागि जग्गा अधिग्रहण भइसकेको छ । यो बन्दरगाह सुरु गरेको तीस महिना बन्दरगाह तयार हुनेछ । जनवरी २०१८ मा कम्पनीले पेश गरेको अन्तिम डिजाईनमा नेपालले सहमति दिएको थियो । चीन सरकारको सहयोगमा निर्माण हुन लागेको यो बन्दरगाह उत्तरी नाकामा दोस्रो हो । हालै मात्र सिन्धुपाल्चोकको लार्चामा चीन सरकारले तातोपानी सुख्खा बन्दरगाह निर्माण गरेर सरकारलाई दिइसकेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।