logo

‘राष्ट्रिय तथ्यगत विवरण अनलाइन डाटा पोर्टल’ सेवाको शुभारम्भ

    1867   पटक पढिएको

१५ बैशाख /अर्थ र व्यापार – प्रधानमन्त्री केपी शर्मा ओलीले आज सिंहदरबारमा आयोजित राष्ट्रिय योजना आयोगको पूर्ण बैठकमा ‘राष्ट्रिय तथ्यगत विवरण अनलाइन डाटा पोर्टल’ सेवाको शुभारम्भ गरेका छन् । राष्ट्रिय योजना आयोगका अध्यक्ष समेत रहेका  प्रधानमन्त्री ओलीको निर्देशनमा केन्द्रीय तथ्यांक विभागले तयार पारेको यो अनलाइन डाटा पोर्टलको नाम डब्लु डब्लु डब्लु डट नेशनलडाटा डट जीओभी डट एनपी राखिएको छ ।

संघ, प्रदेश र स्थानीय तहको सबै डाटाहरु एकीकृत रुपमा अनलाइन सेवामार्फत् सर्वसाधारणलाई समेत जानकारी गराउने उद्देश्यका साथ यो अनलाइन पोर्टल संचालनमा ल्याइएको केन्द्रीय तथ्यांक विभागका महानिर्देशक सुमनराज अर्यालले जानकारी दिए । खुला तथ्यांकको सिद्धान्त बमोजिम तथ्यांक तथा सूचनामा सरोकारवालाहरुको पहुँच सुनिश्चित गर्न पनि यो अनलाइन पोर्टल संचालनमा ल्याइएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । राष्ट्रिय योजना आयोगसँगको निरन्तरको अन्तरक्रियामा आधारित भएर तयार पारिएको यो अनलाइन डाटा पोर्टलले संघ, प्रदेश र स्थानीय तहको तथ्यांकीय तथा सूचना व्यवस्थापनको क्षमतामा अभिवृद्धि गर्ने उद्देश्यमा पनि रहेको छ ।

गएको मंसीर २१ गते बसेको राष्ट्रिय योजना आयोगको पूर्ण बैठकमा प्रधानमन्त्री ओलीले तथ्यमा आधारित तथ्यांक संकलनका लागि आवश्यक पोर्टलको व्यवस्था गर्न निर्देशन दिएका थिए । यही निर्देशन अनुसार यो अनलाईन पोर्टल संचालनमा ल्याइएको पनि केन्द्रीय तथ्यांक विभागका महानिर्देशक अर्यालले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।