logo

गल्छी–रसुवागढी सडक विस्तारको २४ प्रतिशत काम सकियो, मुआब्जामा १० अर्ब चाहिने

    1867   पटक पढिएको

२८ आषाढ/अर्थ र व्यापार– अन्तराष्ट्रिय राजमार्गको परिकल्पनासहित विस्तार भइरहेका  राष्ट्रिय गौरवको आयोजना ‘गल्छी–त्रिशूली–मैलुङ्ग–स्याफ्रुबेंसी–रसुवागढी’ २४ प्रतिशत काम सकिएको छ ।  

‘गल्छी–रसुवागढी’ सडकले पृथ्वी राजमार्ग्स्थित धादिङको गल्छीबाट नुवाकोटको देवीघाट–त्रिशूली–रसुवाको मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी हँदै चीनको केरुङ प्रवेशद्वारसम्म जोड्ने छ । बयासी किलोमिटर दूरीको सडक निर्माणको काम जारी छ । 

सडक योजनाअन्तर्गत सडक आसपासका दायाँबायाँ १५–१५ मिटरभित्र पन पर्ने निजी जग्गाको मुआब्जा वितरण शुरु भएको छ । जग्गा अधिग्रहण गर्न मूल्य निर्धारण भएअनुसार रकम उपलब्ध गराउन थालिएको सडक योजना कार्यालयका लेखा अधिकृत लीलाधर अर्यालले जानकारी दिए ।

‘साविक तीन गाविसमा पर्ने जग्गाधनी एक हजार ५७३ मध्ये बुधबारसम्म ७०० भन्दा बढी धनीले मुआब्जा उपलब्ध गराउन जग्गाधनी प्रमाणपत्रसहितको निवदेन कार्यालयमा दिएका छन् । प्राप्त भएको निवेदनअनुसार प्रशासन कार्यालयमार्फत जग्गधनीको बैंक खातामा रकम जम्मा गरिदिने व्यवस्था मिलाइएको छ ।

जिल्लाका साविक दुईपीपल, रातमाटे र जिलिङ गाविसका जग्गाधनीलाई चालू आर्थिक वर्षमा रु २५ करोड उपलब्ध गराइने छ । उनका अनुसार साविकका तीन गाविसका सडकभित्र पर्ने एक हजार ४८१ रोपनी जग्गाका लागि रु चार अर्बभन्दा बढी  आवश्यक पर्ने भएकाले बाँकीलाई नयाँ आर्थिक वर्ष शुरु भएलगत्तै उपलब्ध गराउने योजना बनाइएको छ ।

मुआब्जा निर्धारण समितिले सडक विस्तारका क्रममा अधिग्रहण गर्नुपर्ने जग्गा बस्ती विकास भएको स्थानको प्रतिआना तीन लाख २५ हजार र बस्ती नभएको स्थानको प्रतिआना रु दुई लाख ५० हजार मुआब्जा रकम निर्धारण गरेको छ ।

सडक विस्तारअन्तर्गत गल्छीदेखि स्याफ्रुबेँसीसम्मका लागि मुआब्जा दिन १० अर्बभन्दा बढी खर्च हुने प्रारम्भिक अनुमान गरिएको योजना प्रमुख सुबोधकुमार देवकोटाले जानकारी दिए । 

‘गल्छी–रसुवागढी’ सडकले पृथ्वी राजमार्ग्स्थित धादिङको गल्छीबाट नुवाकोटको देवीघाट–त्रिशूली–रसुवाको मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी हँदै चीनको केरुङ प्रवेशद्वारसम्म जोड्ने छ । बयासी किलोमिटर दूरीको सडक निर्माणको काम जारी छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।