logo

बङ्गलादेशबाट मल आउन ढिलाई, एक महिना बढी लाग्ने

    1993   पटक पढिएको

२१ पुस/अर्थ र व्यापार– बङ्गलादेशबाट जीटुजीमार्फत ५० हजार मेट्रिक टन रासायनिक मल ल्याउन अझै एक महिना भन्दा बढी समय लाग्ने भएको छ ।

बङ्गलादेशसँग प्रतिमेट्रिक टन २५९.१९५ अमेरिकी डलरमा रासायनिक मल खरिदको लागी पुस २ गते सरकार–सरकारबीच (जीटुजी) मार्फत मल खरिदको सम्झौता भएको थियो ।

तर बंगलादेश सरकारले सरकारी कम्पनीमार्फत मल दिने नभई त्यहीँको निजी कम्पनीमार्फत मल किनेर दिन लागेकाले मल आईपुग्न ढिलाई हुने भएको हो ।

कृषि सामग्री कम्पनी लिमिटेडले औपचारिक पत्र पठाएको १८ दिनपछि सोमवार बंगलादेशले औपचारिक रूपमा उक्त पत्र स्वीकृत गरी प्रतीतपत्र (एलसी) खोल्न नेपाललाई बाटो खुला गरिदिएको छ ।

कम्पनीका खरीद महाशाखा प्रमुख विष्णु पोखरेलका अनुसार मल आयातको जिम्मा पाएको बंगलादेश केमिकल इन्ड्रस्ट्रिज कर्पोरेशनले बुधवारसम्म एलसी खोल्ने जानकारी दिए ।

पोखरेलले एलसी खोलेको १० दिनपछि बंगलादेश केमिकल इन्ड्रस्ट्रिज कर्पोरेशनले नेपाललाई मल उपलब्ध गराउने छ । करीब एक महीनामा बंगलादेशको चटगाउँ मल मंगला जलमार्गबाट जेस्वर वा खुल्ना हुँदै रोहन–सिंहवादबाट रेलमार्गमार्फत कृषि सामग्री कम्पनीको भैरहवा, वीरगञ्ज र विराटनगरका गोदामसम्म आइपुग्ने जानकारी दिए ।

आयातमा केही ढिलाइ हुने भए पनि कृषि सामग्रीसँग ८ हजार मेट्रिक टन युरिया, ८ हजार मेट्रिक टन डीएपी र ९ हजार मेटन पोटास मौज्दात रहेकोले मल अभाव नहुने कृषि सामग्रीले बताएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।